• १८ बैशाख २०८१, मंगलवार
‘बुढीगण्डकी परियोजनाको छानबिनका लागि सहयोग गर्न तयार छु’:डा बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनाको छानबिनको माग गर्नुभएको छ ।

उहाँले आफू प्रधानमन्त्री छँदा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले

कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको आरोप समेत लगाउनुभएको छ ।
ट्विटरमार्फत उहाँले उच्चस्तरीय र निष्पक्ष छानबिनको माग गगर्नुभएको होे । त्यसलाई सहयोग गर्न प्रतिबद्ध छुु, उहाँले भन्नुभयो ।

केही दिनअघि उहाँले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी परियोजनामा ९ अर्ब बाँडेर खाएको आरोप लगाउनुभएको हो । सो आरोपलाई पुष्टि गर्न आइतबार कांग्रेसले विज्ञप्तिमार्फत चुनौती दिएको सन्दर्भमा डा भट्टराईले पछिल्लो ट्विट गर्नुभएको हो ।

Nabintech