• १८ बैशाख २०८१, मंगलवार
रासायनिक मल नल्याउने ठेकेदारलाई कालोसूचिमा राख्ने कृषि सामग्री कम्पनीको निर्णय कार्यन्वयन नर्गन उच्चको आदेश


काठमाडौं । उच्च अदालत पाटनले मल ठेक्का रद्दमा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले सोमबार बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णयविरुद्ध यस्तो आदेश जारी गर्नुभएको हो ।

सो निर्णय खारेजीको माग गर्दै शैलुङ इन्टरप्राइजेजले कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो । आदेशमा शैलुङ इन्टरप्राइजेज कम्पनीलाई कालोसूचीमा राख्ने कृषि सामग्री कम्पनीको पत्र कार्यान्वयन नगर्न पनि भनिएको छ । त्यस्तै, दुवै पक्षलाई भदौ ३१ गते छलफलका लागि बोलाइएको छ ।

कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज प्रालिलाई भदौ २२ गते बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो । मल ल्याउने ठेक्का लिएर पनि सम्झौताअनुसार काम नगरेपछि कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलका लागि गरेको ठेक्का सम्झौता रद्द गरेको थियो ।

ती कम्पनीले २५र२५ हजार टन रासायनिक मल ल्याउने प्रतिबद्धता जनाए पनि नल्याएपछि कम्पनीले सम्झौता अन्त्य गरेर कालोसूचीमा राख्ने निर्णय गरेको थियो । कम्पनी लिमिटेडले उनीहरुले धरौटी राखेको ९ करोडसमेत जफत गर्ने निर्णय गरेको छ ।

Nabintech