तरुण दलको भवन बनाउन केन्द्रीय सदस्य शाहीले गरे आर्थिक सहयोग


काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यलय भवन बनाउन तरुण दलका केन्द्रीय सदस्य सरोज बहादुर शाहीले आर्थिक सहयोग गरेका छन् ।
नेपाल तरुण दलको गत चैत १६ र १७ गते काठमार्डौमा बसेको वैठकले तरुण दलको भवन बनाउने निर्णय गरेको थियो । आर्थिक सहयोग संकलन गर्ने क्रममा केन्द्रीय सदस्य सरोज बहादुर शाहीले २ लाख ११ हजार १ सय ११ रुपैंया अध्यक्ष विद्वान गुरूङलाई प्रदान गरेका छन् । नेपाल तरुण दलको भवनका रवि भवन काठमाडौंमा बनाइने भएको हो । आर्थिक संकलनका क्रममा अहिलेसमम ७८ लाख रुपैंया संकलन भएको अध्यक्ष गुरूङले जानकारी दिए ।

 

Nabintech