प्रधानमन्त्रीमा नैतिकता भए राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीमा नैतिकता भए राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले आफूहरूले गलत कदमको विरोध गर्दा प्रधानमन्त्रीको प्रेस संयोजकबाट गलत अभियोग लगाउन खोजिएको बताए ।

“बाबुराम भट्टराईले सरकारबाट निस्केर चाबी बाहिर रहेछ भन्नुभयो । अहिले बहालवाला प्रधानमन्त्रीले पटकपटक दिल्ली गएर मलाई प्रधानमन्त्री बनाउन प्रयास भयो भन्नु सानो कुरा होइन,” उनले भने, “प्रधानमन्त्रीसँग अलिकति पनि नैतिकता छ भने राजीनामा दिनुपर्छ ।”

उनले अघिल्लो सदनमा बहालवाला प्रधानमन्त्री शेरबहादुर तामाङले बोल्ने क्रममा सानो गल्ती हुँदा राजीनामा दिएको स्मरण गराए । लिङ्देनले सदनमा तीन दल मात्र नभएको भन्दै तीन दलले गरेको सबै निर्णयको भारी सबै दलले बोक्न नसक्ने जिकिर गरे ।

Nabintech