• १४ बैशाख २०८१, शुक्रबार
कांग्रेस नेत्री आरजु देउवा विरुद्ध जथाभावी नबोल्न नेविसंघ नेता थापाको चेतावनी


काठमाडौं । संसद कानुन बनाउने, जनताका समस्याको विषयमा आवाज उठाउने तथा विकास निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गर्ने थलो हो ।
तर अहिले ससदमा निर्वाचित सासंद जनताका समस्या होइन् एकले अर्को पार्टीका सासंदका बिरुद्ध व्यक्तिगत तवरमै गालिगलौजमा उत्रिएका छन् । यस्तै दृश्य देखिन्थ्यो विहिबार संसदमा ।
स्वतन्त्र सासंद अमरेश कुमार सिंहले विहिबारको संसदमा कांग्रेस नेत्री तथा सासंद आरजु देउवा विरुद्ध व्यक्तिगत रुपमै लान्छनामा उत्रिएका थिए । ठूला ठूला भ्रष्टाचारका काण्डमा पञ्चायतकालमा पम्फादेवीले गरेको भन्दै आरजु देउवालाई गणतन्त्रकी पम्फादेवी भनेर उपमा दिएका थिए ।
संसद तथा मिडियामा सासंद सिंह देउवा विरुद्ध व्यक्तिगत रुपमै लान्छनामै उत्रिएपछि नेविसंका नेता मनिष जंग थापाले सिंहको अभिव्व्यक्ति विरुद्ध उत्रिएका छन् ।
संसद तथा मिडियामा सरकार तथा भ्रष्टाचारका विरुद्धमा बोल्न पाए पनि व्यक्तिगत रुपमै कसैका विरुद्ध गालिगलौजमा उत्रिन नमिल्ने बताएका छन् ।

नेता थापाले भ्रष्टाचारको अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भएको भन्दै विना प्रमाण देउवा विरुद्ध नबोल्न चेतावनी दिएका छन् । थापाले भने कांग्रेसमा लामो समय राजनीति गरेका सिंहले अहिले कांग्रेस नेताविरुद्ध व्यक्तिगत तवरमै लान्छनामा उत्रिनु रिसीवि साध्ने काम मात्रै गरेको बताएका छन् ।

पार्टी महाधिवेशनमा पराजित भएर कांग्रेस छोडेका सिंहले अहिले कांग्रेस नेतृत्व  विरुद्ध एक पछि अर्को विना प्रमाणका आधारमा  आरोपप्रत्यारोप गर्दै मिडिया तथा संसदमा बोल्दै आएका छन् ।

Nabintech