• १६ फाल्गुन २०८०, बुधबार
कुन-कुन दल मिलेमा चुन्न सक्छन् राष्ट्रपति, कसको कति छ मतभार?


काठमाडौं । राजनीतिक दलहरू यति बेला राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको दौडधुपमा छन्।
दैनिक जसो पार्टीहरू एकअर्कासँग र आन्तरिक बैठक गरिरहेका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार राष्ट्रपति निर्वाचनका लागि आगामी फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्नेछ।

गत पुस १० गते प्रधानमन्त्रीमा दाबी गर्ने बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले राष्ट्रपति नेकपा एमालेलाई दिन सहमति जनाएका थिए। तर पुस २६ गते संसदमा नेपाली कांग्रेसबाट समेत विश्वासको मत पाएपछि प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क गरिरहेका छन्।

माओवादी केन्द्र यसपटक राष्ट्रपति निर्वाचनमा झन्डैझन्डै निर्णायक जस्तो अवस्थामा छ। त्यसैले कांग्रेस र एमाले दुबै दल माओवादीलाई आफ्नो साथ लिएर गठबन्धन बनाई राष्ट्रपति आफ्नो पोल्टामा पार्न भरपुर प्रयत्नमा छन्।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनको दफा ५५ अनुसार राष्ट्रपतिको उम्मेदवारले कुल मतको बहुमत मत प्राप्त गर्नुपर्नेछ। कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा सबभन्दा बढी मत पाउने दुई उम्मेदवारबीच पुनस् मतदान हुनेछ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद ९प्रतिनिधि सभा र राष्ट्रिय सभाका० ३ सय ३३ सदस्य र प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्नेछन्। चितवन(२ मा उपनिर्वाचन हुन बाँकी रहेकाले संघीय संसदका एक सदस्यले भने मतदान गर्न पाउने छैनन्।

कानुनअनुसार राष्ट्रपति निर्वाचनमा संघीय संसदले दिएको एक मत बराबर ७९ मतभार हुनेछ। यस्तो मतभार कुल जनसंख्यालाई कुल संघीय संसद सदस्यले भाग लगाएर निकालिन्छ। निर्वाचन आयोगले यसपटक चुनावको मतभार २०६८ सालको जनगणनाकै आधारमा गर्ने जनाएको छ।

प्रदेश सभा सदस्यको मतभार भने ४८ छ। प्रदेश सभा सदस्यको मतभार पनि कुल जनसंख्यालाई कुल प्रदेश सभा सदस्य संख्या, ५ सय ५० ले भाग लगाएर निकालिएको हो।

यसपटकको निर्वाचनमा संघीय संसदका सदस्यको कुल मतभार २६ हजार ३ सय ७ छ। प्रदेश सभा सदस्यको मतभार २६ हजार ४ सय छ। अर्थात् राष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार ७ सय ७ छ। राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले यो मतको बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत ल्याउनुपर्नेछ।

अब हिसाब गरौं दलगत मतभारको।

राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सबभन्दा धेरै, १६ हजार २ सय २१ मतभार छ।

दोस्रो स्थानमा रहेको एमालेसँग १५ हजार २ सय ३३ मतभार छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसँग ७ हजार ६ सय ४९ मत छ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीसँग २ हजार ५ सय ७४, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सँग २ हजार ४ सय ५० र जनता समाजवादी पार्टी ९जसपा० सँग २ हजार १ सय ४५ मतभार छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सँग १ हजार ५ सय १ मत छ भने जनमत पार्टीसँग १ हजार २ सय ४२ मतभार छ।

अरू साना दलहरूसँग एक हजारभन्दा कम मतभार छ। तर ती मत पनि कतिपय अवस्थामा निर्णायक अवस्थामा छन्।

अब राष्ट्रपति निर्वाचनमा सम्भावित समीकरण हेरौं। अर्थात् कुन(कुन दल मिले भने राष्ट्रपति चुन्न सक्छन्रु

सुरूमा कांग्रेस र माओवादी केन्द्र एक ठाउँमा उभिँदाको मतभार हेरौं।

यी दुई दल एक ठाउँ हुँदा २३ हजार ८ सय ७० मतभार पुग्छ। राष्ट्रपति निर्वाचनमा उनीहरूलाई जित हात पार्न २ हजार ४ सय ८४ मतभार पुग्दैन।

यी दुई दललाई एकीकृत समाजवादी पार्टीले मात्र साथ दिए पनि सहज हुने देखिन्छ। एकीकृत समाजवादी पार्टीको २ हजार ५ सय ७४ मतभार छ। यस्तो अवस्थामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले सजिलै राष्ट्रपति पदमा जित हात पार्ने देखिन्छ।

एकीकृत समाजवादीले साथ नदिए पनि कांग्रेस(माओवादीलाई अरू दलहरूसँग मिलेर जान सक्ने अवस्था छ।

यस्तो अवस्थामा कांग्रेस(माओवादीले कम्तीमा दुई दलको साथ लिनुपर्ने हुन्छ।

एकीकृत समाजवादी पछि सबभन्दा धेरै मतभार भएका जसपा, राप्रपा र रास्वपा हुन्। तर यीमध्ये कुनै एक मात्र दलको साथले कांग्रेस(माओवादीलाई मतभार पुग्दैन। तीनमध्ये कुनै दुई दलको साथ पाए कांग्रेस(माओवादीको जित सहज छ।

यी तीनमध्ये एउटा दलको मात्र साथ पाएको अवस्थामा पनि कांग्रेस(माओवादीलाई मुश्किल हुने छैन। जसपा, रास्वपा र राप्रपामध्ये एउटालाई लिएर कांग्रेस(माओवादी कम मतभार भएको अर्को दलसँग मिल्न सक्छ।

जनमत पार्टीसँग १ हजार २ सय ४२, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग ९ सय ७१ र नागरिक उन्मुक्ति पार्टीसँग ८ सय १३ मतभार छ।

यसरी जसपा, रास्वपा र राप्रपामध्ये एउटा र कम मतभार भएको कुनै एउटा दलको साथ लिएर राष्ट्रपति निर्वाचनमा कांग्रेस(मा‌‌ओवादी गठबन्धन बन्दा जित हात पार्न सक्ने अवस्था छ।

अब एमाले र माओवादी केन्द्रसँग अन्य दलको समीकरण बन्ने अवस्था हेरौं।

एमाले र माओवादी केन्द्र एक ठाउँमा उभिँदा यी दुई दलको मतभार २२ हजार ८ सय ८२ हुन आउँछ।

यी दुई दल मिल्दा बन्ने समीकरणबाट राष्ट्रपति चयन हुन ३ हजार ४ सय ७२ मतभार पुग्दैन। यस्तोमा रास्वपा र राप्रपाले साथ दिँदा यो गठबन्धनबाट राष्ट्रपति बन्ने अवस्था छ।

अहिले राष्ट्रिय राजनीतिमा एमालेसँग रास्वपा र राप्रपा नजिक देखिएका छन्। तर राप्रपाभित्रै राष्ट्रपति निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने मत उठिरहेको छ। यस्तोमा एकीकृत समाजवादी र अन्य मधेस केन्द्रित दलको साथ पाए पनि एमाले(माओवादी गठबन्धनबाट सहजै राष्ट्रपति चुनिने छन्।

अब चर्चा गरौं माओवादीले एमालेलाई साथ नदिएको अवस्थाको समीकरणबारे।

माओवादीले साथ नदिएको अवस्थामा एमालेले छुट्टै गठबन्धन बनाएर राष्ट्रपति निर्वाचन जित्न हम्मे पर्नेछ। तर उसले अन्य साना दलहरूलाई आफू निकट तान्ने प्रयास गरेमा अथवा कांग्रेस र माओवादीलाई एक्ल्याउन सकेमा असम्भव छैन।

यसका लागि एमालेलाई एकीकृत समाजवादी पार्टी, जसपा, राप्रपा, रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपाको साथ चाहिन्छ। त्यस्तो अवस्थामा मात्र एमाले गठबन्धनसँग २६ हजार ८ सय ८२ मत पुग्छ।

नागरिक उन्मुक्ति र लोसपामध्ये एउटा दलले साथ नदिएको अवस्थामा अन्य साना दलहरू जस्तैस मजदुर किसान पार्टी वा राष्ट्रिय जनमोर्चाको साथ एमाले गठबन्धनलाई चाहिन्छ।

यस्तोमा कांग्रेस र माओवादी बाहेकको गठबन्धनबाट राष्ट्रपतिमा जित निकाल्न एमालेले ठूलो मेहनत गर्नुपर्ने देखिन्छ। अझ नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीसँग एमालेको अझैसम्म औपचारिक संवाद समेत हुन नसकिरहेको अवस्थामा यो गठबन्धन सहज देखिँदैन।

अर्कोतर्फ नेपाली कांग्रेसलाई पनि माओवादी केन्द्रबाहेकको गठबन्धन बनाउन कठिन छ। एमाले र माओवादीलाई पन्छाएर राष्ट्रपति पाउन कांग्रेसले एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समेत साथ लिँदा २३ हजार ९ सय ६६ मतभार पुर्‍याउन सक्छ। तर यो राष्ट्रपतिमा जितका लागि पर्याप्त हुँदैन। उसलाई थप २ हजार ३ सय ८८ मतभार चाहिन्छ।

यसका लागि राप्रपाको साथ आवश्यक हुन्छ। राप्रपासँग २ हजार ४ सय ५० मतभार छ। अथवा रास्वपासहित अन्य स्वतन्त्र सांसदहरूको साथ चाहिन्छ। यसपटक राष्ट्रपति निर्वाचनमा स्वतन्त्र सांसदको मतभार १ हजार ५० छ।

यसरी हेर्दा राष्ट्रपति निर्वाचनमा यसपटक नेकपा माओवादी केन्द्र नै लगभग निर्णायक शक्ति देखिन्छ। माओवादी केन्द्रले जसलाई साथ दिन्छ, त्यतातिर बहुमत पुर्‍याउन सहज अवस्था बन्ने देखिन्छ।

Nabintech