• १४ बैशाख २०८१, शुक्रबार
नेविसंघले राख्यो ४ सय बढी क्याम्पसहरूमा राष्ट्रिय झण्डा


काठमाठौं । नेविसंघले ७३ औं प्रजातन्त्र दिवसको अवसरमा विश्वविद्यालय र क्याम्पसहरूमा राष्ट्रिय झण्डा राखेको छ।
दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा देशभरका सरकारी विद्यालय,विश्व विद्यालय, क्याम्पसहरुमा राष्ट्रिय झन्डा राख्ने, वृक्षारोपण र सरसफाई कार्यक्रमको सुरुवात गरेको हो ।
नेविसंघ केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार आईतबार देशभरका झन्डै चार सय बढी क्याम्पसहरुमा राष्ट्रिय झण्डा राख्ने र सरसफाई कार्यक्रम गरेको छ । विभिन्न प्रदेश कमिटि, जिल्ला समिति र क्याम्पस ईकाईहरुको आयोजनामा सुरु भएको यस अभियानमा देशभरका विद्यार्थीहरुले जनाएका छन् ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र विद्यार्थी एकतालाई मुख्य आर्दश मान्दै देशमा भएका विभिन्न परिवर्तनगमी आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै लोकतन्त्रको संस्थागत विकास, विद्यार्थी हकहित र शैक्षिक क्षेत्रमा उन्नयनका साथै समायनुकूल विकास र परिवर्तनको निमित्त गर्दै आएका गतिविधिलाई बढावा दिन र सबै विद्यार्थीहरुलाई गोलबद्व गर्न यस अभियानको थालनी गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए ।
नेपाल र नेपाली जनाताको लागि एतिहासिक महत्व बोकेको दिनको अवसर पारेर सुरु गरिएको यस अभियानमा विभन्न अन्तरक्रिया कार्यक्रम, विचार, गोष्ठी लगायत वक्तित्वकला तथा वादविवादका कार्यक्रम, वृक्षारोपण र सरसफाई सँगै क्याम्पस तथा विद्यालयमा नयाँ झन्डा राख्ने अभियान सुरु गरिएको उनले बताए ।

विद्यार्थीहरुबीच समाजिक खललता नपु¥याउन र राष्ट्रिय अखण्डता कायम गराउन भव्य र सभ्य तरिकाले यस अभियानको सुरुवात भएको जनाउँदै उनले विभिन्न जिल्लाहरुमा दिप प्रज्वलन कार्यक्रम समेत गरिएको बताए ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो आदर्श मानेर स्थापना भएको नेविसंघले विद्यार्थीका बर्गीय मुद्धाहरुको उठान र समाधान गर्दै लोकतन्त्रको बिकास,बिस्तार र जगेर्ना गर्दै बिद्यार्थीहरुका बर्गीय मुद्धा स्थापित गर्न अनवरतरुपमा कृयाशिल रहदै आएको उनको भनाई छ ।

Nabintech