• १४ बैशाख २०८१, शुक्रबार
गैरसरकारी संस्थाहरूमा पारदर्शिता र जवाफदेहिताकाे अभाव : सांसद शर्मा


काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद युवराज शर्माले नेपालमा कार्यरत गैरसरकारी सामाजिक संस्थाहरू अपारदर्शी रहेकाले नियमन गर्नुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले नेपालमा कार्यरत गैरसरकारी संस्थाहरूमा पारदर्शिता र जवाफदेहिताको अभाव देखिएको बताएका हुन् । उनले त्यस्ता संस्थाहरूको लगानी पनि नियमपूर्वक नभएको भन्दै नियमन गर्नु आवश्यक रहेको उल्लेख गरे । उनले मेलम्ची खानेपानी कहिले पूर्ण रूपमा निर्माण सम्पन्‍न हुन्छ भन्‍नेमा सम्बन्धित निकायसँग जवाफको माग गरे ।

सांसद शर्माले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण सम्पन्‍न हुने समय र लागत बढिरहँदा पनि सरकारले विकास निर्माणका काममा नीतिगत परिवर्तन गर्न नसकेको जिकिर गरे।

उनले देशमा अनैतिकता र कानून विपरितका गतिविधि मौलाउँदै गएको टिप्पणी गरे ।

Nabintech