• १४ बैशाख २०८१, शुक्रबार
‘गुटबन्दी गरेर स्पष्टीकरण सोधियो’ : सह-सचिव थारु


नेपालगन्ज । नेपाली काँग्रेस बाँकेका सहसचिव विनोद थारुले आफूलाई गुटबन्दी गरेर स्पष्टीकरण सोधिएको प्रति आपत्रि जनाउनुभएको छ ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै काँग्रेस बाँकेको अनुशासन समितिले थारु सहित १ सय ४ जनालाई नेता तथा कार्यकर्तालाई केहीदिन अघि मात्र स्पष्टीकरण सोधेको थियो ।

नेपालगन्जमा आइतबार पत्रकार सम्मेलन नै गरेर सहसचिव थारुले स्थानीय तहको निर्वाचनमा आफूले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराखेको, तर आफुलाई गुटगत प्रभावमा परेर पुर्वाग्रही रुपले स्पष्टीकरण सोधिएको बताउनुभयो ।

पार्टीले आफुलाई क्षेत्र नम्बर ३ मा अनुगमन र प्रचार संयोजक बनाएर पठाएको स्मरण गराउँदै थारुले जानकी गाँउपालिका र बैजनाथ गााउपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित तथा खजुरा गाउँपालिकामा पार्टीले गठबन्धनबाट उपाध्यक्ष जितेको बताउनुभयो ।

‘निर्वाचनमा इमान्दारीपूर्वक आफ्ना आधिकारिक उम्मेदवारलाई निर्वाचित गराउन दिनरात नभनेर पुर्याएको योगदानको अवमूल्यन गर्दै मलाई पूर्वाग्रही ढंगले स्पष्टीकरण सोध्ने भनी गरेको निर्णयप्रति स्तब्ध एवम् दुःखी भएको छु,’ विज्ञप्तीमा भनिएको छ । पार्टीले पूर्वाग्रही ढंगले आफूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएको भन्दै उहाँले आपत्ती समेत जनाउनुभयो ।

Nabintech