• १४ बैशाख २०८१, शुक्रबार
बैजनाथले ल्याएको ७५ करोड बढीको बजेटमा के छ ?


कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७९ /०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीद्धारा आर्थिक वर्ष २०७८/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शाहीले समृद्ध बैजनाथ निमार्णका लागि कृषिको यान्त्रीकरण गर्न आवश्यक रहेको बताउदै कृषि तथा पशु पालन कार्यक्रमलाई स्वरोजगार नीतिका रुपमा आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन। शाहीले पालिकामा उत्पादनमुखी आय आर्जन कार्यक्रम संचालन गर्दै दिगो विकासको लक्ष्य अवलम्बन गरिने बताएका छन।

शाहीले नीति तथा कार्यक्रम मार्फत स्वास्थ्य क्षेत्रको सुधारको नीति ल्याएका छन। भने शिक्षाको सवलीकरण गर्नाका लागि प्रविधिमैत्री विद्यालय बनाइनुका साथै बैजनाथ गाउँपालिका ८ मावि विद्यालयमा एक विद्यालय एक नर्सको कार्यक्रम शुरुवात गर्ने उल्लेख गरेका छन।

त्यसै गरी आम नागरिकलाई स्वच्छ खाने पानी सँग जोड्न एक घर एक धारा फुहोर व्यवस्थापन गर्नाका लागि ल्याडफिल्ड साईटको व्यवस्था सगै पलाष्टिक जन्य फोहोर व्यवस्थापन गर्नाका लागि गृहणीहरुलाई तालिमको व्यवस्थापन गर्दै क्रमिक रुपमा विस्थापन गर्ने नीति लिइएको छ ।

त्यसै गरी वित्तीय संघ संस्था तथा स्थानीय सहकारी मार्फत एक सहकारी एक उत्पादन कार्यक्रम संचालन गरिने उल्लेख गरेका छन । आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामाजिक विकास गर्नाका लागि क्षमता विकास स्वरोजगार नीति लिइएको छ।

त्यसै गरी भैतिक पूर्वाधारमा सबै वडाहरुमा सडक संजाल सँग जोड्नु का साथै सडक स्तर उन्नती कालो पत्रे सडक निमार्ण गरिने उल्लेख गरेका छन। भने वन तथा वातावरण तथा विपत व्यवस्थापनका क्षेत्रमा नयाँ घर निमार्ण गर्ने व्यक्ति अनिर्वाय ५ वटा विरुवा लगाउनु पर्ने नीति लिइएको छ । त्यसै गरी शुशासन तथा सेवा प्रवाहमा भष्टचार जन्य क्रियाकलाप प्रति शुन्य सहनशिलतालाई आत्मा साथ गर्दै सुशासन मैत्री जवाफदेही स्थानीय सरकार बनाइने बताइएको छ ।

आर्थिक वर्ष २०७९्०८० का लागि प्रस्तुत गरिएको बजेटको विवरण

आर्थिक वर्ष २०७९ / ८० का लागि ७५ करोड ४१ लाख ९८ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ । बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले आर्थिक वर्ष २०७९ ्०८० का लागि बजेट प्रस्तुत गरेकी हुन। मुख्य रुपमा १. आर्थिक विकास ,२. सामाजिक विकास , ३. पूर्वाधार विकास ४.वन ,वातावरण तथा विपत व्यवस्थापन  ५. शुशासन तथ संस्थागत विकास ६. चालु तथा प्रशासन खर्चलाई समेटेर आर्थिक वर्ष २०७९। ०८० का लागि बजेट प्रस्तुत गरिएको छ ।

संघिय समानीकरण रकम रु .१७ करोड ५० लाख ,प्रदेश सरकार समानीकरण रु ९८ लाख ८२ हजार ,संघिय सरकार सशर्त चालु रकम रु. २७ करोड, संघिय सरकार सशर्त पूजिगत रकम रु २ करोड ३६ लाख ,प्रदेश सरकार सशर्त रकम रु १ करोड २० लाख , संघीय सरकार विशेष अनुदान रकम रु ५० लाख, प्रदेश सरकार विशेष अनुदान रकम रु ६० लाख, संघीय सरकार समपुरक अनुदान रकम रु १ करोड ५४ लाख, प्रदेश सरकार समपुरक अनुदान रकम रु १ करोड ५० लाख , संघिय सरकार राजश्व रकम रु १२ करोड ८२ लाख६७ हजार, प्रदेश सरकार राजश्व रकम रु १ करोड १२ लाख ९ हजार, आन्तरीक आय रु ३ करोड ५० लाख , घर जग्गा रजिस्ट्रेसन बापत मालपोत कार्यालयबाट प्राप्त हुने रकम १ करोड ५० लाख ,जिल्ला समन्वय समिति बाँकेको अनुदान १ करोड २८ लाख ४० हजार ,आर्थिक वर्ष २०७८र७९ को खर्च नभई बाँकि रहने अनुमानित मौज्दात रकम २ करोड गरी जम्मा रकम रु ७५ करोड ४१ लाख ९८ हजार अनुमानित बजेट रोकायाले प्रस्तुत गरेकी छन्।

भौतिक पूर्वाधार
१. बैजनाथ गाउँपालिकामा रहेका ८ वटै वडाहरु तथा पालिकालाई भौतिक पूर्वाधार अन्तर्गत ९ करोड ८९ लाख बजेट बिनियोजन गरिएको छ ।

न्युनतम बजेट अनुदान, जनसंख्या, भूगोल र राजश्वको आधारमा करिब ५१५ बजेट कायम गरी प्रत्येक वडालाई बजेट बांडफांड गरिएको छ। न्युनतम अनुदान प्राप्त गर्ने बजेटलाई ६० प्रतिशत गरी बाँकि रहेको बजेटलाई जनसंख्याको आधारमा ४० प्रतिशत, भूगोलको आधारमा ४० प्रतिशत र राजश्वको आधारमा २० प्रतिशत बजेट कायम गरी कुल बजेट रु ५ करोड ५ लाख बिनियोजन गरिएको छ ।

२.प्रत्येक वडाबाट कम्तिमा ५ लाखको योजना छनौट गर्ने गरि दिइएको निर्देशन अनुरुप बजेट तथा कार्यक्रम तर्जुमा समितिले प्रत्यके वडाको सिफारिसमा कम्तिमा पनि रु ५ लाखका बढीमा ७ वटा योजनाहरुको छनौट गरेको छ ।

प्रत्येक वडाहरुमा अत्यावश्यक मर्मत सुधारको लागि मर्मत संभार कार्यक्रमका साथै गाउँपालिकामा मर्मत संभार कार्यक्रमको लागि बजेटको ब्यबस्था गरिएको छ ।

३. प्रदेश समपुरक अन्तर्गतका विभिन्न ५ वटा पूर्वाधार विकासका आयोजनाका लागि रु. १ करोड ५० लाख छुट्याइएको छ। संघीय सरकारको समपुरक आयोजनाको लागि रु. १ करोड ५४ लाख गरी कुल रकम रु ३ करोड ४ लाख बजेट सुनिश्चित गरिएको छ । अन्य कार्यक्रममा लागत साझेदारी समेत गर्ने गरि थप म्याचिङ फण्डको ब्यबस्था गरिएको छ। चालु आर्थिक वर्षमा काम सम्पन्न नभई वा अन्य कारणले भुक्तानी दिन बाँकी योजनाहरुको दायित्व समेत लाई समेट्ने गरी आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

४. पारदर्शिता र जवाफदेहि रुपमा ठेक्का बन्दबस्तलाई पूर्ण रुपमा मा लगिने छ । पूर्वाधारतर्फका आयोजनाहरुको गुणस्तरमा पर्याप्त ध्यान दिईनेछ । सिभिल ल्याब परिक्षण कार्य अनिवार्य गरिनेछ । ५ दिर्घकालिन सडक गुरुयोजनाको मापदण्ड बमोजिम सडकहरु निर्माण गरिनेछ । पालिकाको स्रोतले धान्न नसक्ने सडकहरु निर्माणको लागि संघीय सरकार र प्रादेशिक सरकार संग माग गरिनेछ । ६ बैजनाथ गाउँपालिकाको १ – ८ वटै वडाहरुमा स्तरउन्नत भएका सडकहरुको कालोपत्रे गर्ने र स्तरउन्नत नभएकाको स्तरउन्नत गर्ने र नखुलेका सडकहरुलाई नयाँ ट्रयाक खोल्ने कार्यका लागि आवश्यक बजेटको बिनियोजन गरिएको छ ।
सामाजिक विकास

स्वास्थ्य सेवा :
बैजनाथबासी सबै लाई एम्बुलेन्स सेवा उपलब्ध गराउनको निम्ति आवश्यक एम्बुलेन्सको ब्यबस्था गरिनेछ । सोको ब्यबस्थापन तथा जनशक्ति ब्यबस्थापनको लागि उचित बजेटको ब्यबस्था गरिएको छ ।
मातृ तथा नवजात शिशु स्याहारको लागि उचित ध्यान दिइएको छ । बैजनाथ गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा प्रसुती हुन आएमा आतेजाते यातायात खर्च बापत रु १ हजारका दरले रकम उपलब्ध गराईनेछ । पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन नसकी अन्य स्वास्थ्य संस्थामा रिफर गर्नु पर्ने अवस्था आएमा निजलाई यातायात भाडा उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ । सोको लागि रु १२ लाख बिनियोजन गरिएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाइ विगतदेखि उपलब्ध गराई आएका सेवा सुबिधालाई निरन्तरता दिइएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई थप हौसला र उत्साह सृजना गर्न चाडपर्व खर्चमा ३ हजार वृद्धि गरी वार्षिक रु। ८ हजार पुर्याईएको छ ।

नेपाल सरकारले तोकेका निशुल्क औषधीहरुको व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । बैजनाथ गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको कार्यालय संचालन तथा व्यवस्थापनका लागि ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३ वटा स्वास्थ्य चौकी, आयुर्बेद औषधालय र प्राथमिक स्वास्थ्य केन्द्र बनकटवालाई कार्यालय संचालन तथा ब्यबस्थापन गर्न आवश्यक बजेट बिनियोजन गरिएको छ ।
स्वास्थ्य संग सम्बन्धित विभिन्न कार्यक्रम गर्नका लागि रु। १४ लाख ५० हजार बिनियोजन गरिएको छ । जस अन्तर्गत स्वास्थ्य बिमा सम्बन्धि विभिन्न कार्यक्रम, फोहोर ब्यबस्थापन सम्बन्धि विभिन्न क्रियाकलाप, बलअ उलअ भेटका लागि तथा बर्थिंग सेन्टरका लागि सामग्री तथा उपकरण खरिद, निजि मेडिकल तथा स्वास्थ्य क्लिनिकको अभिमुखीकरण र महिला तथा प्रजनन स्वास्थ्य सुधार सम्बन्धी स्वास्थ्य कर्मचारीलाई तालिम कार्यक्रम रहेका छन ।
मृगौला सम्बन्धी शिविर संचालनका लागि आवश्यक रकम छुट्याइएको छ, यस बाट ४० बर्ष माथिका सबै मृगौला विरामीलाई थोरै मात्रामा भए पनि राहतको अनुभूति हुनेछ । चिसापानी स्वास्थ्य चौकी , नौबस्ता स्वास्थ्य चौकी र टिटीहिरिया स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरी संचालन गरिनेछ यस बाट सो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई राहतको अनुभूति हुनेछ । त्यसको लागि ११ लाख २४ हजार बिनियोजन गरिएको छ । साथै सो प्रयोगशाला संचालनको लागि आबश्यक जनशक्ति सहितको ब्यबस्था गरिएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुरक्षा गर्नका लागि बिमाको ब्यबस्था गरिएको छ। यसका लागि रु १ लाख ६६ हजार छुट्याईएको छ ।

शिक्षा
एक वडा एक नर्सिंग कार्यक्रम अन्तर्गत सम्बन्धित वडा भित्रका सम्पूर्ण सामुदायिक बिद्यालयमा सेवा दिने गरी सेवा करारमा नर्स राख्ने ब्यबस्था गरिने छ । सो कार्यको लागि रु ४० लाख बिनियोजन गरिएको छ ।स्थानीय पाठ्यक्रम निर्माणको अबधारणा लागु गरिने छ र सोको जानकारीको लागि आबश्यक तालिमको ब्यबस्था गरिनेछ । सो कार्यको लागि रु १४ लाख बिनियोजन गरिएको छ ।

कम्प्युटर तथा लेखा तालिम र बिज्ञान प्रयोगशाला संचालनको लागि दक्ष शिक्षकको विकासको लागि आवश्यक तालिम गर्न रु. ८ लाख बिनियोजन गरिएको छ । बाल विकास केन्द्रका शिक्षक तथा सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको पेशागत दक्षताको विकास गर्न आवश्यक कार्यक्रम तथा सोको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

गरिब तथा बिपन्न छात्रालाई उच्च शिक्षा छात्रबृती प्रदान गर्न ८ लाख बजेट छुट्याएको छु । खेलकुदको विकास र प्रवर्धन तथा प्रतियोगिता संचालनका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।

नमुना विद्यालय विकासको साझेदारीका लागि रु. १६ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ । आधारभुत तह र माध्यमिक तह शिक्षण अनुदानको लागि १ करोड ५८ लाख ६० हजार बजेट बिनियोजन गरिएको छ । अतिरिक्त क्रियाकलाप र कक्षा ३ र ५ को स्तरमापन परीक्षा, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको दक्षता विकास, गरीब तथा विपन्न छात्रा र कृषि छात्रवृत्तिको लागि आवश्यक बजेटको बिनियोजन गरिएको छ । गत वर्षको विद्यालय संचालन तथा व्यवस्थापन अनुदानलाई निरन्तरता दिइएको छ ।

सामाजिक समावेशिकरण
बाल अधिकार र लागु औषध दुर्व्यसनी सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइने छ । बालबालिकालाई मनोविमर्श र जीवन उपयोगी सिप सम्बन्धि तालिम, बालमैत्री स्थानीय शासन प्रबद्धन कार्यक्रम तथा बाल कोष संचालनको लागि १७ लाख ५० हजार बजेट छुट्याईएको छ । विपन्न तथा गरीब महिलाका लागि आय आर्जनमा टेवा पुर्याउन सिप विकास र आयआर्जन कार्यक्रम संचालन गरिनेछ । यसका लागि रु। १० लाख रकम बिनियोजन गरिएको छ । मानब बेचबिखन, किशोर तथा किशोरीलाई जीवनोपयोगी सिप कार्यक्रम र कम्लरीका लागि सिप विकास कार्यक्रम समेत संचालन हुनेछन् ।

८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिदै आएकोमा आगामी आर्थिक बर्ष देखि ७१ वर्ष देखि ७३ वर्ष उमेर सम्मका जेष्ठ नागरिकहरुलाई सम्मान गरिनेछ । साथै ६०–६७ वर्ष सम्मका जेष्ठ नागरिक एकल व्यक्तिहरुलाई आर्थिक सहायता स्वरूप मासिक रु। ५०० सय का दरले दिने गरि रु। १२ लाख बिनियोजन गरिएको छ । अपांग सहायक सामग्री वितरण कार्यलाई निरन्तरता दिइएको छ । साथै पहेलो कार्ड९ग वर्गको० अपाङ्गता भएका व्यक्तिहरुको लागि मासिक ५ सय का दरले आर्थिक सहायता दिने गरी रु।१८ लाख रकम बिनियोजन गरिएको छ । अपाङ्गता भएका ब्यक्तिहरु तथा दलित र आदिबासी जनजातीका लागि आय आर्जन सम्बन्धि कार्यक्रम संचालन गरिनेछ ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाइ आत्मसात गरि युवा तथा खेलकुद विकासका लागि बिभिन्न कार्यक्रम संचालन गर्नको लागि आवश्यक बजेटको व्यबस्था गरिएको छ । अति बिपन्न र जेष्ठ नागरिकहरुलाई महिनामा एक पटक घरदैलोमा गइ सेवाप्रबाह र स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी सहितको ब्यबस्था गरिएको छ । धर्म संकृति तथा कला संरक्षण, जात्रापर्व संरक्षण तथा सम्बर्द्धन कार्यक्रमको लागि आवश्यक बजेटको ब्यबस्था गरेको छु ।

४. खानेपानी तथा सरसफाइ

बैजनाथ गाउँपालिका भित्र सबै घरधुरीलाइ स्वच्छ खानेपानी बितरण गर्न प्रदेश सरकार संग समन्वय र सहकार्य गरिने छ ।ूहाम्रो बैजनाथ सफा बैजनाथ भन्ने मुल नाराका साथ फोहोर ब्यबस्थापनका लागि बिशेष कार्यक्रम संचालन गरिने छ । पालिकाको वास प्लान अनुसार कार्यक्रमहरु गरिने छ । यसबाट स्वच्छ खानेपानी बितरणको कार्यक्रमलाइ प्रभावकारी रुपमा संचालन गर्न सहयोग पुग्ने छ । खानेपानी तथा सरसफाईको लागि रु १२ लाख बजेट ब्यबस्था गरिएको छ ।

आर्थिक विकास

पशु सेवा :
पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी आर्थिक विकास गर्ने उद्देश्य राखिएको छ । नमुना पशुपन्छी ब्यबसायीलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम संचालन गरिने छ । यसको लागि रु ५ लाख बिनियोजन गरिएको छ ।

साथै नश्ल सुधारको लागि उन्नतजातको बोका वितरणको लागि रु ४ लाख र अन्तरजिल्ला कृषक अबलोकन भ्रमण कार्यक्रमको लागि रु ५ लाख बजेटको व्यवस्था गरिएको छ ।
विगत आर्थिक वर्ष देखि संचालनमा आइरहेको पशु बिमा, पशु पोषण तथा पशु सुत्केरी भत्ता, पशु खोप कार्यक्रम, सिजन अनुसार घाँसका बिउ ५० प्रतिशत अनुदानमा वितरण र विभिन्न जातका डाले घाँसका बिरुवा तथा विभिन्न जातका नेपियर सेट्स वितरणलाई निरन्तरता दिइएको छ ।
माछाका भुरा वितरण गरी माछापालन कार्यक्रमलाई व्यवसायीकरण गर्न ५०५ अनुदानमा कार्यक्रम संचालन गर्ने गरी रु. ४ लाख बजेटको व्यवस्था गरिएको छ ।

पशुहरुलाई स्वस्थ राख्नको लागि आवश्यक पर्ने रोग निरोधक खोप सेवाको लागि बजेटको व्यवस्था गरिएको छ। साथै पशु स्वास्थ्य तथा परजीवि नियन्त्रण शिविर संचालनका लागि बजेटको व्यवस्था गरिएको छ ।गाई र भैंसीमा कृत्रिम गर्भाधान सेवा निरन्तरता तथा संचालनका गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

ट्रेभिज निर्माणको लागि ६ लाख , नमुना मासुपसल सुधार तथा ब्यबस्थापनको लागि २ लाख तथा पशु पालन ब्यबसायमा क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तालिमको ब्यबस्था गरिएको छ । सो को लागि रु ५ लाख रकम बिनियोजन गरिएको छ ।
कृषि सेवा :
कृषकहरुलाई यान्त्रिकरणका माध्यमबाट उत्पादन तथा उत्पादकत्व बढाउने गरि यान्त्रिकरणमा अनुदान उपलब्ध गराउने उद्देश्यले किसानसंग पालिका प्रमुख कार्यक्रम संचालन गरिनेछ सो कार्यक्रमको लागि ४६ लाख बजेट बिनियोजन गरिएको छ ।
कृषिको आधुनिकरण तथा व्यवसायीकरणस् कृषकहरुलाई व्यवसायीक तालिम तथा कृषि सामग्री उपलब्ध गराई कृषकको उद्यमशिलता विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । मल तथा बिउमा ५० प्रतिशत अनुदान दिइने छ ।

सिचाइ बिशेष कार्यक्रम संचालन गरिनेछ ।सोको लागि ३० लाख बजेटको ब्यबस्था गरिएको छ । आई।पी।एम। कृषक पाठशाला संचालन गरिने छ ।सोको लागि ४ लाख रकम बिनियोजन गरिएको छ । अन्तरजिल्ला कृषक भ्रमण, अन्तरक्रिया गोष्ठी , तरकारी तथा फलफुल नर्सरी स्थापना कार्यक्रम र पुष्प खेति बिस्तारको लागि आवश्यक बजेटको ब्यबस्था गरिएको छ । संघीय सरकार र पालिकाको संयुक्त स्रोतबाट पकेट क्षेत्र , बिउबिजनमा अनुदान, दलहन, तेलहन जस्ता कार्यक्रम संचालनको लागि आबश्यक बजेटको ब्यबस्था गरिएको छ ।

पर्यटन, घरेलु उद्योग तथा सहकारी

बैजनाथ गाउँपालिकालाइ पर्यटन हवको रुपमा विकास गरिनेछ ।यसको निम्ति आवश्यक पर्यटकीय स्थलको तथ्यांक संकलन र भिजुअलाईजेसन गरिनेछ । सो को लागि ३ लाख ५० हजार बजेटको बिनियोजन गरिएको छ ।

पर्यटन पर्बद्धन तथा संरक्षण र निर्माणको लागि वडा नं १ स्थित शिव बिहार निर्माण गरिने छ । सो निर्माण कार्यको लागि १० लाख बिनियोजन गरिएको छ ।

यस गाउँपालिका अन्तर्गतका उद्योग ब्यबसायहरुको अनुगमन तथा नियमन गरिने छ । पालिका भित्र रहेका सहकारीहरुको संरक्षण सम्बर्धन तथा विकास गरिने छ । यिनीहरुसंग सहकार्य तथा साझेदारी मार्फत कार्यक्रम संचालन गरिने छ । यिनीहरुको विकासको लागि आवश्यक तालिम तथा अन्य कार्यक्रमको लागि आवश्यक बजेट छुट्याइएको छ ।

२ सुकुम्वासी तथा अव्यबस्थित बसोबासी सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको तथ्याङ्क संकलन भइ सकेको छ । यस सम्बन्धि आवश्यक थप कार्य गर्नको लागी रु. ३५ लाख बजेट बिनियोजन गरिएको छ । यसबाट बैजनाथ गाउपालिका भित्र रहेका नागरिकहरुको स्वामित्व बोध हुने गरि जग्गा नाप नक्सा भइ जग्गा प्राप्ती कार्यमा सहजता हुने अपेक्षा गरिएको छ ।

औधोगिक क्षेत्रको बस्ति ब्यबस्थापनमा सहजीकरण भूमिका निर्वाह गर्नु पर्ने भएकोले पालिकाबाट तत्काल केहि गर्न आबश्यक परेमा स्रोत ब्यबस्थापन गर्न रु. १० लाख बजेट बिनियोजन गरिएको छ । यसबाट संघीय सरकारसंग समन्वय र सहकार्य गरि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।

प्रकोप ब्यबस्थापन
प्राकृतिक कारण वा महामारीको कारणले अकालमा ज्यान जान नदिने ,नागरिकको जनधनको क्षति हुन नदिने गरि पालिकाको विपद प्रतिकार्य योजनामा परिमार्जन गरिनेछ । जलवायु अनुकुलनका कार्यक्रम संचालन गरिनेछन् । विपद कोषमा रकमको अभाब हुन नदिन आबश्यक स्रोतको ब्यबस्था गरिएको छ । प्राकृतिक तथा मानबजन्य प्रकोपको कारण मृत्यु हुनेहरु र घरबास पशु चौपायाको क्षति भएमा गाउपालिकाको बिपद ब्यवस्थापन कार्यबिधि अनुरुप राहत दिइने छ । महामारिजन्य कार्यमा खटिने स्वास्थ्यकर्मी जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रोत्साहन प्रदान गरिने छ । बिषयगत संघीय तथा प्रदेश सरकारको कार्यालय संग समन्वय गरि बिरुवा उत्पादन र वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ । यसको लागि आबश्यक बजेटको ब्यबस्था गरिएको छ ।

२ सेवा प्रवाह तथा सार्वजनिक प्रशासन

कर्मचारीहरु राष्ट्रका सेवक मात्र नभइ सेवा प्रवाहका संवाहक पनि हुन भन्ने तथ्यलाइ हृदयङ्गम गर्दै उनीहरुको मनोबल उच्च राख्नका लागि प्रोत्साहनको ब्यबस्था गरिने छ । उनिहरुको क्षमता विकास का लागि तालिमको ब्यबस्था गरिएको छ । संघीय सरकारले मासिक बृध्दि गरेको १५ प्रतिशत रकमलाइ थप गरी कर्मचारीहरुले पाउने तलबमान बजेटमा थप गरिएको छ ।

संघीय सरकारको पर्यटन काजसहितको बिदा पर्यटनको नीति अनुरुप यस गाउँपालिकामा कर्मचारीहरुलाई बिदा पर्यटन मनाउनको लागि बजेटको ब्यबस्था गरिएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिबृध्दि गर्नको लागि तालिम तथा कार्यक्रम संचालन गर्न आवश्यक बजेटको ब्यबस्था गरिएको छ । वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुमा जाने कार्यालय संचालन तथा ब्यबस्थापन वापतको खर्चको सिमा बढाइएको छ । पालिका तथा वडा कार्यालयबाट संचालन भइ रहेको नागरिक सहयता कक्षलाई आबश्यकताको आधारमा संचालन गरिनेछ । यसबाट सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ।वडाका नागरिकलाई निश्चित रकमको आर्थिक सहायता सम्बन्धित वडाबाटै उपलब्ध हुने ब्यबस्था बजेटमा मिलाईएको छ । यस बैजनाथ गाउँपालिका भित्र रहेका नागरीकहरुलाई कानुन बारे सुसुचित गराउनका लागि उपाध्यक्ष संग कानुनी सचेतना कार्यक्रमका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।

स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार स्थानीय तहहरुले बजेट निमार्ण तथा नीति तथा कार्यक्रम बनाउनु पर्ने बाध्यकारी व्यवस्था रहेको छ ।

Nabintech