• १६ चैत्र २०८०, शुक्रबार
नेपालगन्जको नीति तथा कार्यक्रम : १०८ फिटको हनुमानको मुर्ति बनाउने (पूर्णपाठ)


नेपालगञ्ज ।। नेपालगञ्ज उप–महानगरपालिकाले भौतिक पूर्वाधार विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।

विहिवार नेपालगञ्ज उप–महानगरपालिकाको ११ औं नगरसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख प्रशान्त विष्टले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन सोचका साथ नगरको स्तरोन्नती हुने तथ्यलाई आत्मसाथ गर्दै बार्षिक नीति बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको बताए ।

आफुहरु निर्वाचित भएपछिको पहिलो नगरसभा भएका कारण निर्वाचनमा गरिएका बाचा बार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको बताए ।

हेर्नुस् नेपालगन्ज उपमहानगरको नीति तथा कार्यक्रम:

नेपालगञ्ज उप–महानगरपालिकाको आ.ब. २०७९/२०८० को

नीति तथा कार्यक्रम

यस नेपालगन्ज उपमहानगरपालिकाको एघारौंैं नगरसभामा उपस्थित नगर उप–प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, संचारकर्मी, राष्ट्रसेवक कर्मचारीहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरुमा जय नेपालको न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु ।

नेपालको लामो ईतिहासको कालखण्ड पारगर्दै लोकतान्त्रिक प्रणाली अवलम्वनको लागि १०४ वर्षे राणाशासन, निरंकुश पञ्चायती शासनका विरुद्ध शहादत प्राप्त गर्ने त्यसैगरी २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को आन्दोलनमा शहिद हुने नेपाली आमाका सच्चा सपुतहरुलाई वलिदानलाई हृदयदेखि सदास्मरण र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

लुम्विनी प्रदेशमा अवस्थित पूर्वपश्चिम राजमार्गले जोडिएको बाँके जिल्लामा नेपालगञ्ज शहर अवस्थित छ । कर्णाली प्रदेश र सुदुरपश्चिम सहित पश्चिम नेपालकै द्धार तथा प्रतिष्ठित व्यापारिक शहरको रुपमा नेपालगञ्ज परिचित छ । विक्रम संवत २०१७ सालमा नेपाल नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नेपालगञ्ज नगरपालिकाको रुपमा स्थापित शहर हो । वि.स.२०७१ सालमा साविकको नगरक्षेत्र सँग जोडिएका ११ ओटा गा.वि.स.हरुलाई समेटेर नेपालगञ्ज उपमहानगरपालिकाको घोषणा भएको हो । हिन्दु, मुस्लिम, शिख, ईसाई, वौद्ध लगायत बहुधार्मिक सम्प्रदायहरु वसोवास रहेको साथै नेपालकै नामबाट स्थापना भएको यो शहर वहुसांस्कृतिक, बहुभाषिक, सम्प्रदाय र सहिष्णुतायुक्त प्राचिन शहरको रुपमा परिचित छ । लुम्विनी प्रदेशको दुई नाकामध्ये जमुनाहा नाका प्रदेशको नवलपरासी देखि वर्दियासम्मको उर्वरभुमिमा अवस्थित, पाटेबाघ संरक्षण गर्न विस्तार गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षणक्षेत्र नेपालगञ्ज औद्योगिक क्षेत्र, व्यस्त राझाँ विमानस्थल निर्माणाधिन सुख्खा वन्दरगाह, प्रशिद्ध तिर्थस्थल मानसरोवर प्रवेश गर्ने प्रवेशद्धारले गर्दा देश विदेशमा नेपालगञ्जको नाम सुपरिचित शहरको रुपमा उभ्याउन सफल भएको छ । ६२ वर्षको लामो ईतिहास बोकेको नेपालगञ्ज उपमहानगरपालिकाले धेरै आरोहहरु पार गरी विकासका पथमा पथपर्दशकका रुपमा अगाडी बढिरहेको छ । स्थानीयतहको निर्वाचनमा आगामी नगरवासीहरुको घरदैलोमा पुगी हामीहरुले बाँचा गरेका जनअभिमतलाई पुरा गर्ने गहन दायित्व र जिम्मेवारी ईतिहासले हाम्रो काँधमा आईपरेको छ । जनताको विश्वास र हामीले गरेको बाचालाई हामी निर्वाचित भएपछिको पहिलो नगरसभामा नीति, बजेट र कार्यक्रमको माध्यमबाट प्रस्तुत गर्न पाउदा गौरवान्वित महशुस गरको छु । यस नीति, बजेट तथा कार्यक्रमले तत्काल गर्न सकिने, केही समय पश्चात गर्न सकिने र दीर्घकालिन सोचको साथ नगरको स्तरोन्नती हुने तथ्यलाई आत्मसात गर्दै यो गरिमामय सभा मार्फत पेश गरेको छु ः–

 

१.धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्वन्धि नीति ः

· श्री बागेश्वरी मन्दिरको एतिहासिक धरोहरको संरक्षण, सम्बर्धन,सौन्दर्यकर्रण सहितबागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरु योजना बनाईनेछ ।

· श्री बागेश्वरी मन्दिरमा सन्ध्याकालीन आरती कार्यक्रम संचालन गरिनेछ ।

· नेपालगंज शहरको फरक पहिचान हुने गरि १०८ फिटे हनुमान मुर्ती निर्माण कार्य अगाडि बढाइनेछ ।

· विपी चोक स्थित इदगाहमा प्रवेशद्वार निर्माण गरिनेछ ।

· लोप हुन लागेका प्राचीन टागाहरुको संरक्षन् र सम्बर्द्धन गरिनेछ ।

· डुडुवा गाउपालिकाको सिधनियाघाटमा मलामीहरुको लागि विश्रामस्थलको व्यवस्था गरिनेछ ।

· धार्मिक तथा सांस्कृतिक धरोहरहरुको दीर्घकालिन संरक्षण र विभिन्न समुदायबीचको सदभाव कायम गर्न उपयुक्त कार्यक्रमको तर्जुमा गरि धार्मिक सहिष्णु र मानवमैत्री शहरमा रुपान्तरण गरिनेछ ।

· पर्यटन प्रवद्र्धनका लागि नगरभित्रका विभिन्न मन्दिर, मस्जिद, चर्च तथा गुम्वाहरुको संरक्षण तथा संवद्धन गरिनेछ,

· नगरभित्र रहेका सम्पूर्ण ताल, तलैया तथा पार्कहरुको पहिचान, स्तरोन्नती तथा निर्माण कार्य गरी संरक्षण र संवद्धन गरिनेछ ।

· नगरका धार्मिक, ऐतिहासिक महत्वका स्थानहरुमा स्वदेशी÷विदेशी पर्यटकहरुलाई सहयोग पुर्याउन पर्यटन गाईडकोे व्यवस्था गरिनेछ ।

· मृत्यूपछि शवलाई केहि समय सुरक्षित राख्ने प्रयोजनको लागि शव राख्ने फ्रिजर, अन्तिम संस्कारका लागि शववाहन र विद्युतीय शवदहन गृहको व्यवस्थापन गरिनेछ ।

· नेपालगञ्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा न.२० स्थित सुर्खेतरोडमा प्रवेशद्धार स्थापना गरिनेछ ।

२ . भौतिक पुर्वाधार सम्बन्धी निति

· वडा कार्यालयका आफ्नै भवन नभएका वडाहरु ९३, ५,६,७, ८, ९, ११० मा भवन निर्माण कार्यलाई निरन्तरता दिईने छ ।

· नगर भित्र निर्माण भएका र निर्माण हुने सार्वजनिक भौतिक संरचनाहरुलाई आवश्यकता अनुसार अपाङ्गमैत्रि हुनेगरी निर्माण गरिने छ ।

· अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्न रिङ्गरोडको बिकाससँगै वरपरका जग्गाको ीबलम एययष्लिन मार्फत जग्गाविकास गरी सामुहिक वस्ती विकासकालागी आवश्यक पहल गरिनेछ ।

· नगरका ब्यस्त चोक तथा बस स्टेशनहरुमा यात्रुहरुको लागी प्रतीक्षालय निर्माणको कार्यलाई आगामी आर्थिक बर्षदेखी कार्यन्वयनमा ल्याईनेछ ।

· यस उपमहानगरपालिकालाई स्तरोन्नती गरी महानगरपालिका बन्ने सम्भावनालाई द्वष्टिगत गरी सो को लागी उपर्युक्त स्थानमा आवश्यक पर्ने जग्गाको ब्यवस्थापन गर्ने र संरचना निर्माणको लागी बिस्तृत परियोजना प्रतिबेदन तयार गर्ने कार्यलाई अगाडी बढाईनेछ। प्रतिवेदन तयार भएका आयोजनाको निर्माण कार्य सुरु गर्न पहल गरिने छ।

· रात्रीकालिन बजार व्य्वस्थापन गर्न आवश्यक पूर्वाधारको निर्माणका लागी पहल गरिने छ।

· वडाको सिफारिसमा प्रत्येक वडामाएकरएक वटा ःभनब एचयवभअत छनौट गरी कार्यान्वयनको लागी पहल गरिने छ।

· बागेश्वरी मन्दिरको पुर्बपट्टि निर्माणाधीन चिल्ड्रेन पार्कमा द्यबकझभलत एबचपष्लन सहित चिल्ड्रेन पार्क निर्माण गरिनेछ।

· नेपालगंज उपमहानगरपालिकाको वडा नं। २० स्थित राझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन आवस्यक पहल गरिनेछ । साथै, नेपालगञ्जबाट आन्तरिक तथा वाहय गन्तव्य मार्गको पहिचान गरि संचालनमा ल्याइने छ ।

· सार्वजनिक भौतिक संरचनाको मर्मत सम्भारलाई ब्यवस्थित गर्न मर्मत सम्भार कोषको कार्यविधि तयार गरी कार्यान्वय गरिनेछ ।

· मुख्य सडक हरुमा सिसिटिभी क्यामेरा जडान कार्यलाई निरन्तरता दिइनेछ ।

· नेपालगंज सहरलाई ऋभिबल, न्चभभल ७ ज्भबतिजथ ऋष्तथ को रुपमा विकास गरिनेछ ।

· सहरको मुख्य चोकहरु सौन्दर्यकरण गरिनेछ ।

· उपमेयर संग ट्राफिक व्यवस्थापन कार्यक्रम संचालन गरिनेछ साथै मुख्य सडक हरुमा ट्राफिक लाइट को व्यवस्थापन गरिनेछ ।

३. ब्यवस्थित शहरी विकास सम्बन्धी नीति

· सम्बन्धित निकायहरुको समन्वयमा नगरवासीमा स्वच्छ खानेपानीको पहुच पुर्याउन आवश्यक पहल गरिने छ साथै बजारका मुख्य चोकहरुमा स्वच्छ पिउने पानीको व्यवस्था गरिनेछ ।

· सुन्दर, स्वच्छ, हरियाली सहर निर्माणका लागि नेपालगंजमा ऐतिहासिक पार्क निर्माण,ताल तलैयाहरुको संरक्षण तथा सम्बर्धन गर्ने कार्यलाई निरन्तरता दिईने छ ।

· नेपालगन्ज उपमहानगरपालिका भित्र ब्यवस्थित पार्किङ्ग ब्यवस्थापनको लागि आवश्यक पहल गरिने छ ।

· घर नक्सा शाखालाई चुस्त, दुरुस्त तथा प्रविधिमैत्रि बनाउन र नागरिकलाई छिटो, छरितो तथा गुणस्तरिय सेवा प्रदान गर्नका लागि नक्सा पास प्रक्रियालाई सफ्टवेयर मार्फत अगाडि वढाउनको लागि गृहकार्य गरिने छ,साथै पुराना नक्साहरुलाई डिजिटल डकुमेन्टेसन गर्ने कार्यलाई अगाडि बढाईने छ ।

४ . भूमि ब्यबस्थापन सम्बन्धि नीति

· सार्बजनिकरसरकारीजग्गाकोसंरक्षणगर्नउप(महानगरपालिकाप्रतिबद्धछ।गैरकानुनिरुपमाकब्जागरिएका सार्बजनिकसरकारीरगुठिजग्गाकोखोजतथापहिचानगरीफिर्ताल्याउनेकार्यलाईतिब्रतादिइनेछ।सडकरसोकोअधिकारक्षेत्रलगायतनेपालसरकारलेअधिग्रहणगरेकोवाखरिदगरेकोभूमिकोकित्ताकाटगरीआगामीआर्थिकबर्षभित्रमानेपालसरकारकोनाममाकायमगर्न सम्बन्धित निकाय संग समन्वय एवं सहकार्य गरिनेछ।

· संघियसरकार र प्रदेश सरकारसंगको समन्वयमा भूमिहीनदलित, भूमिहीनसुकुम्बासीतथाअब्यबस्थितबसोबासिकोपहिचानगरीलगतसंकलन, नापनक्साङ्कनरअभिलेखनकार्यगरीआगामीआर्थिकबर्षभित्रजग्गाधनीदर्ताप्रमाणपुर्जावितरणगरिनेछ।

· सरकारीतथासार्बजनिकजग्गाकोसंरक्षणकालागिअभिलेखीकरणगरिनेछ।

· भूउपयोगनीतिरकानुनअनुरुपभूमिकोबर्गिकरणगरिविशिष्टीकृतसंस्थाबाटमात्रघरजग्गाकारोबारगर्नेव्यवस्थालाई अन्य निकायसंगको समन्वय र सहकार्यलाई जोड दिईनेछ।

५ । सूचना तथा संचार प्रविधि सम्बन्धि निति

· नेपालगंज उपमहानगरपालिकाको बजार क्षेत्रलाई हाल ँचभभ ध्षष् श्यलभ को रुपमा विकास गरिनेछ ।साथै यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ ।

· नगरको सार्वजनिक जवाफदेहिता प्रवर्द्धन तथा सुशासनका लागी अपरिहार्य रहेको विधुतीय सेवा लाई थप प्रभावकारी बनाई नविनतम सुचना प्रविधिको प्रयोगमा जोड दिईनेछ

· इन्टरनेट सेवाको पहुच नपुगेको २३ नम्बर वडा कार्यालयमा इन्टरनेट सेवा विस्तार गरिनेछ ्र

· यस उप(महानगरपालिकाको संचार नीति अनुरुप समग्र संचार क्षेत्रको विकास गरिनेछ ्र

· सुचनाको हक सुनिश्चितताकालागि आवश्यक कार्यक्रम संचालन गरिनेछ।

६. सामाजिक विकास नीति

६. १शिक्षा, युवा तथा खेलकुद नीतिहरु ः

· महेन्द्र बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन आवश्यक समन्वय र पहल गरिनेछ ।

· खेलकुदको माध्यमवाट विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्ने, प्रोत्साहन गर्ने, क्षमता विकास गरी खेलकुद क्षेत्रको विकास र प्रवद्धन गरिनेछ ।

· लोपोन्मुख तथा पिछडिएका वर्गका सन्ततीहरुलाई छात्रवृत्ति कार्यक्रम लागू गरिनेछ ।

· मातृभाषामा पठनपाठनका लागि आवश्यक पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिनेछ ।

· यस नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्न नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम बनाई प्राथमिकताका साथ अगाडि बढाइने छ ।

· आधारभूत तहको शिक्षालाई अनिवार्य तथा निशुल्क गर्ने र मावि. तहको शिक्षालाई निशुल्क गर्दै लगिने छ ।

· सवैका लागि शिक्षा भन्ने मूल नारालाई आत्मसाथ गरी शिक्षामा सवैको पहुँच सुनिश्चित गदैे गुणस्तरीय शिक्षाका लागि विद्यालयको पूर्वाधार विकास गर्दै शिक्षण सिकाइ क्रियाकलापमा सवै वालवालिकाको सक्रिय सहभागिता सुनिश्चितता गर्दै अतिरिक्त क्रियाकलापका माध्यमबाट समेत वालवालिकाको क्षमता विकास गरी ज्ञानलाई सिर्जनामा परिणत गर्न पहल गरिनेछ ।

· बालविकास तथा धार्मिक विद्यालयहरुलाईको सुदृढिकरण तथा ब्यवस्थापनमा विशेष जोड दिइने छ ।

· बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिई एक मा.वि. एक नर्स कार्यक्रम लागु गरिनेछ ।

· सामुदायिक,संस्थागत र धार्मिक विद्यालयका शिक्षकहरुको क्षमता विकासमा जोड दिइने छ

· सस्थागत तथा सामुदायिक विद्यालयको सुदृढिकरण तथा नियमनका लागि विद्यालयहरुको अनुगमन तथा सुपरिवेक्षणमा जोड दिईनेछ ।

· नगर यूवा परिचालन नीति तय गरी यूवाहरुको क्षमता विकास तथा परिचालन गरिने छ ।

· युवा तथा विद्यार्थी खेलकुद कार्यक्रमहरु सन्चालन गरी प्रतिभा पहिचान र विकास गरिनेछ ।

· बालवालिकाका लागि स्मार्ट एजुकेशन कार्यक्रम शुरुवात गरिनेछ ।

· शिक्षा विकास कोष स्थापना गरी उक्त कोषमा नगर र वडाबाट समेत बजेट विनियोजन गरी सञ्चालनमा ल्याईनेछ ।

· छात्रा भर्ना प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।

· विद्यालयमा शिक्षक – अभिभावक भेला गरी विद्यालयको पठनपाठनलाई थप व्यवस्थित वनाईनेछ ।

· पन्ध्र वर्षभन्दा माथिका निरक्षर जनसंख्याको लागि निरन्तर शिक्षाको कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

६. २सामाजिक, गैसस तथा साझेदारी विकास सम्बन्धि नीतिहरु ः

· साझेदारी विकास कार्यक्रम बमोजिम विपन्न वर्गको आर्थिक स्तर बढाउन व्यवसाय सञ्चालनका लागि उपलब्ध गरिएको ऋणको सावाँ र व्याज असुलीलाई निरन्तरता दिंदै व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीहरुलाई नयाँ व्यवसाय प्रवद्र्धन कार्यक्रम मार्फत् उत्प्रेरित गरि व्यवसायमा नविनताको थालनी गरिनेछ ।

· गरिवि निवारणका लागि लघू उद्यम विकास कार्यक्रम, साझेदारी विकास कार्यक्रम, सुरक्षित आप्रवासन परियोजना र नव प्रवद्र्धन कार्यक्रमका माध्यमबाट सीपमा आधारित साना, मझौला उद्यमीहरुलाई नयाँ अवसरहरु सृजना गर्दै आर्थिक सवलिकरण गरिनेछ ।

· स्थानीयस्तरमा सामुहिक भावनाको विकासका लागि वडा भित्रका निश्चित भौगोलिक क्षेत्रभित्र रहेका सवै घरधुरी सदस्य रहने गरि स्थानीय स्तरमा वडा कार्यालयको सहयोगीका रुपमा टोलस्तरीय संस्थाहरु गठन, परिचालन तथा व्यवस्थापन गरि वडा र नगरस्तरीय सञ्जाल मार्फत् सामाजिक सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

· भविष्यमा सहकारी संस्थाको रुपमा रुपान्तरण गरी पूँजी र जनशक्तिको सम्मिश्रणबाट नेपालगञ्जलाई आगामी ५ वर्ष भित्र “समृद्ध नेपालगञ्ज, सुखी नगरवासी” मा रुपान्तरण गरिनेछ ।

· सुरक्षित आप्रवासन कार्यक्रम लाई सवैको पहूँच हुने गरि सञ्चालन गरिनेछ । यसका अलावा वित्तीय साक्षरता कक्षा विस्तार गरी विदेशबाट प्राप्त हुने विप्रेषणलाई उत्पादन योग्य लगानी पूँजिमा लगानी गर्न आवश्यक प्रोत्साहनको नीति अवलम्बन गरिनेछ ।

· नेपालगञ्जको २० वर्षे आर्थिक विकासको रणनीति तर्जुमाको प्रारम्भिक चरणमा रहेको छ । सरोकारवालाहरुको व्यापक सहभागितामा आर्थिक विकास रणनीति आगामी आ.व. २०७९।०८० मा स्वीकृत गरी कार्यान्वयनमा ल्याईनेछ । उक्त रणनीतिले नेपालगञ्जको आर्थिक विकासका प्रमुख संवाहक शक्तिको पहिचान गर्ने र नगरमा वाह्य लगानी बढाउन भविष्यमा लगानी सम्मेलनको आयोजना गरी दीगो आर्थिक विकास तर्फको यात्रालाई सुनिश्चितता प्रदान गर्ने विश्वास लिईएको छ ।

· सुशासनको स्तम्भका रुपमा सुशासन ऐन, २०७८ स्वीकृत भई लागू गरिएको छ । साथै सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण र सामाजिक परिक्षण सम्बन्धी कार्यविधी निर्माण गरी कार्यान्वयनमा ल्याउनेछ ।

६.३ महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सम्वन्धि नीति ः

  •  जेष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चितताका लागि क्लव तथा सञ्जालको विकास, परिचालन तथा समन्वय र सहकार्य लाई निरन्तर सशक्त बनाउनदै लगिने छ । मेयरसँग वृद्ध आमावुवा कार्यक्रम सञ्चालन गरिनेछ ।
  •  महिलाहरुलाई प्रोत्साहन गर्नका लागि महिला सम्मान कार्यक्रम लागू गरिनेछ ।
  •  विपन्न तथा ग्रामीण महिलाको आर्थिक, सामाजिक रुपान्तरणका लागि महिला विकास कार्यक्रम विस्तार गरिदै लगिनेछ ।
  • सरोकारवाला सबै कार्यालय, शाखा, संघ, संस्था र वडाका लैगिंक सम्पर्क व्यक्तीको क्षमता अभिवृद्धि गरी लैंगिक उत्तरदायी बजेट बिनियोजनमा प्राथमिकता दिइनेछ ।
  •  हिंसा पिडितको तत्काल उद्धार, पुनः स्थापना र परिवारमा पुनः एकीकरण तथा आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउन सामुदायिक संरक्षण प्रणालीको आत्मसाथ गरी प्रभावकारी अभिलेखीकरण गरिनेछ ।
  •  उद्यमशिलताको माध्यमबाट पिछडिएका तथा विपन्न महिलाको आर्थिक सशक्तीकरणका लागि महिला उद्यमी सहजीकरण केन्द्र कार्यक्रम संघीय सरकारको सहकार्यमा महिला उद्यमशीलता प्रवद्र्धन मार्फत थप सशक्त गरी संचालन गरिनेछ ।
  •  लैंगिक हिंसा, बालविवाहको जोखिम एवं विशेष संरक्षणको आवश्यकता रहेका गरिव तथा वहुविपन्न परिवारका बालिकालाई शिक्षामा निरन्तरता र सुरक्षित भविश्य निमार्णका लागि बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्दती खाता योजना कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • बाल अधिकार सम्वन्धी सवाललाई पालिकाको शासन प्रक्रियामा मूलप्रवाहिकरण गर्दै बाल मैत्री स्थानीय शासनको संस्थागत विकास गरिने छ।
  •  अपांगता भएका व्यक्तिको दैनिक जीवनयापन सहज बनाउन आवश्यक्ता अनुसार सहायक सामग्री वितरण, अपांग परिचयपत्रको डिजिटलाइजेशन कार्य, टेवा सहित सिप मूलक तालिम, कोष स्थापना गरी परिचालन तथा व्यवस्थापन गरीनेछ ।
  •  अपांगता भएका व्यक्तिहरुको अधिकार प्रवद्र्धनका लागि अपांगता भएका ग र घ वर्गका व्यक्तिलाई क्रमशः आवश्यक्ता र औचित्यताका आधारमा सामाजिक सुरक्षा भत्तासँग आवद्ध गर्न आवश्यक पहल गरिनेछ ।
  • मानव अधिकार संरक्षण र संर्वद्धनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।

६.४स्वास्थ्य सम्बन्धी निति

· जमुनाहा नाका, बसपार्क र राझा विमानस्थलमा हेल्थ डेस्क सञ्चालन गरिनेछ ।

· व्यवहार परिर्वतन, खानपान, योगा, ब्यायाम, स्वास्थ्य, शिक्षा तथा प्रचारप्रसार कार्यक्रमका माध्यमबाट जीवनशैलिमा परिवर्तन गरी नेपालगञ्ज उपमहानगरपालिकालाई योगमैत्री नगरको रुपमा रुपान्तरण गरिनेछ ।

· कोभिड—१९ को विश्वव्यापी महामारी लगायत अन्य महामारीरोगहरुको प्रकोपहरुलाई प्राथाकितामा राखी सो को रोकथाम, नियन्त्रण,निदान तथा व्यबस्थापन गरिनेछ ।

· नेपाल सरकारद्धारा सूचिकृत गरिएका अत्यावश्यक औषधीहरु स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रुपमाउपलब्धहुने व्यवस्थाको सुनिश्चितगरिनेछ ।

· अत्यावश्कीय स्वास्थ्य सेवाप्रदानगर्न स्वास्थ्य क्षेत्रको अल्पकालिन र दिर्घकालिनकार्य योजना बनाई कार्यान्वयन गरिनेछ ।

· यस उप—महानगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको विद्यमान स्वास्थ्य निती अनुसार आगामी २ बर्षभित्र १५ सैयाको आधारभतु अस्पताल संचालनमा ल्याईनेछ ।

· बालबालिका तथा गर्भवतीहरुलाई खोपको पहुचमा बृद्धि गरि पूर्ण खोप तथा दिगोपन कार्यलाई सुनिश्चितता गर्न आवश्यकता अनुसार खोप केन्द विस्तार तथा निर्माण गरिनेछ ।

· निजी स्वस्थ्य संस्था तथा गैरसरकारी संस्थाहरुको दर्ता, संचालन, नविकरण र नियमन कार्य गरिनेछ ।

· आगामी दुई वर्षभित्र क्षयरोग मुक्त उप–महानगरपालिका घोषणा गरिनेछ ।

· प्राथमिकताका आधारमा गर्भवती जाँचमा बृद्धि गरि पोषणयुक्त खानातथा २४ घण्टे प्रसुती सेवालाई विस्तार तथा सुदृढीकरण गरिनेछ ।

· सेवाको पहँच भन्दा टाढा रहेका समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

· सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई समयानुसार विस्तार गर्दै लैजाने र हालसम्म गरेको सेवाको योगदानलाई कदर गदै ६० बर्ष उमेर पुगेका स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन एवं सम्मान सहितबिदाई गरिनेछ ।

· नेपालगंजउप—महानगरपालिकाअन्तरगतकार्यरत सम्पुर्ण जनप्रतिनधि,कर्मचारीहरु र निजको आश्रित परिवार तथा महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकहरुलाई समेत राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइनेछ ।

· लागू औषधको बिद्यमानअवस्थालाई मध्येनजर गरी सोको रोकथाम, नियन्त्रण र ब्यवस्थापनगर्न नेपालप्रहरी÷समुदायिकप्रहरी र गैरसरकारी संस्थाहरु संग समन्वय र सहकार्य गरी प्रभावकारी बनाइनेछ ।

· दीगो बिकास लक्ष्यका आधारमा स्थानीयकरण भएवमोजिम स्वास्थ्यका सूचकहरु सुचकहरु पुरा गर्ने कार्यक्रमहरु संचालन गरिनेछ ।

· नेपालगंज शहरलाई मेडिकल हवको रुपमा विकसित गर्न नगरमा सञ्चालन रहेका अस्पताल तथा अन्य स्वास्थ्यसंस्थाहरुलाई व्यवस्थित गर्दै लगिनेछ ।

· बिशेषज्ञचिकित्सक÷जनस्वास्थ्यकर्मी सहित प्रत्येक वडाहरुमा घुम्तीस्वास्थ्य सेवा प्रदान गरिनेछ ।

· स्वास्थ्य संस्थाको संगठनात्मक सुधार र जनशक्ती एवं भौतिक साधनको आवस्यकता बारे अध्ययन प्रतिवेदन लिने र सोको आधारमा जनशक्तीको वृद्धि अवलम्बन गर्ने ।

· नेपालगञ्ज उपमहानगरपालिका वडा न.४ स्थित शहरी स्वास्थ्य प्रवद्धन केन्द्रलाई केन्द्रिय मापदण्ड अनुसार सञ्चालन गरिनेछ ।

७. सुशासन तथा संस्थागत विकास सम्वन्धि नीति ः

  •  ईन्धन खर्चमा मितव्ययिता कायम गर्ने उद्धेश्यले हरेक महिनाको १ गते नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले ईन्धन प्रयोग हुने सवारीसाधनहरु प्रयोग गरिनेछैन ।
  •  नेपालगञ्ज उपमहानगरपालिकाको आवधिक योजना निर्माण गरी सोही बमोजिम वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गरिने नीति लिईनेछ ।
  • जनता र जनप्रतिनिधिविचको अन्तरसम्वन्धलाई अभिवृद्धि गर्न जनतासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।
  •  सुशासन कायम गर्नको लागि ज्भउि म्भकप, म्ष्नष्तब िल्यतष्अभ द्ययबचम, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, अनुगमन तथा मूल्यांकन कार्यलाई प्रभावकारी रुपले सञ्चालन तथा कार्यान्वयन गरिनेछ ।
  • संगठन संरचनाको बिस्तृत अध्ययन गराई दरबन्दि पुनरावलोकन गरी कर्मचारीको वृत्ति बिकासलाई अगाडि बढाईनेछ ।
  •  अतिक्रमण भएका सडक पेटिहरु सर्वसाधारण जनताहरु हिडडुल गर्नको लागी सरोकार वाला संस्था संग समन्वय राखि ठेला, फुटपाथ व्यवस्थापन र अनुगमन गरिनेछ ।
  •  बजारभित्र रहेका छाडा चौपायालाई नयाँ निर्माण भएको कान्जि हाउसमा व्यवस्थापन गरिने छ ।
  • ई—रिक्सा सम्बन्धि कार्यविधि २०७८ लाई अवलम्बन गर्दै सरोकारवाला संग सहकार्य रदर्ता, नविकरण, अभिलेखिकरण गरी आवश्यक व्यवस्थापन गरिनेछ ।
  •  नेपालगञ्ज उपमहानगरपालिकाबाट भएका निर्णय÷फैसलाहरु अभिलेखीकरण गरी व्यवस्थापन गरिनेछ ।
  • दिगो विकास लक्ष्यका सूचकहरुलाई स्थानीयकरण गरी रणनीतिक योजनाको माध्यमबाट लक्ष्य प्राप्त गर्न अग्रसरता लिईनेछ ।
  •  लैंगिक उत्तरदायी शासन प्रणालीलाई संस्थागत गरिनेछ ।

ड. राजस्व सम्बन्धि नीति

· नेपालगन्ज उप—महानगरपालिकाको आन्तरिक राजस्व प्रचलित कानूनको परिधिभित्र रहि के कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा आन्तरिक स्रोत संचालन सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरि सो अनुसार राजश्व संकलनलाई बढावा दिइनेछ ।

· करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउदै समग्र राजस्व प्रशासनलाई करदाता मत्री बनाईनेछ । सबै वडा कार्यालयहरुमा सफ्टवयेर प्रणालीको विस्तार गरि अनलाईन मार्फत वडा कार्यालयबाटै सम्पूर्ण कर,दस्तुर संकलन गर्ने वातावरणको सिर्जना गरिनेछ ।

· ब्यवसाय करवुद्धिका लागि सबै सरोकारवाला संघसंस्था,कार्यालयहरुसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।

· करदाताहरु कार्यालयमा नै आएर कर,शूल्कहरु बुझाउनु पर्ने झन्झटिलो अवस्थालाई हटाई करदाताहरुको सुविधाको लागि भ्(उबथmभलत कथकतझ लागु गरि राजस्व प्रशासनाई प्रविधिमत्री बनाईनेछ ।

· उद्योग वाणिज्य संघ लगायत अन्य व्यवसायिक संघसंस्थाहरुसँग आवश्यक समन्वय र सहकार्यमा राजश्व सम्वन्धि कार्यक्रम सञ्चालन गरिनेछ ।

ढ. आर्थिक विकास, कृषि तथा पशुसेवा सम्वन्धि नीति ः

· कृषकहरुबा६ उत्पादित सवै उत्पादनजन्य वस्तुको सहज विनिमयका लागि आवश्यकतानुसार कृषि हा६वजार, पशुहा६वजार सम्वन्धि भौतिक पूर्वाधार विकास, विस्तार र सञ्चालन गरिने५ ।

· दिगो आर्थिक विकासको अवधार०ाा अनुरुप उत्पादन र उत्पादकत्व बृद्घि गरि आर्थिक सम्बृद्घि हासिल गरिनेछ ।

· पुराना ८िप बोरि·हरुलाई मर्मतको लागी कार्यविधि तर्जुमा गरि लागू गरिने ५ ।

· कृषक पहिचानको लागी किसान परिचय”पत्र कार्यक्रम, कृषि र पशुसेवा सँग सम्वन्धित विभिन्न पकेट विकास कार्यक्रम लागू गरिनेछ ।

· पशु एम्वुलेन्सको व्यवस्थापन गरी पशु उपचारको लागि सहज बनाईनेछ ।

· दुग्ध पदार्थ एवम् मासुको गुणस्तर र स्वच्छतालाई कायम राख्न बधशाला देखि भान्छासम्म स्वच्छ र स्वस्थ मासु र गोठ देखि ओठसम्म स्वच्छ र स्वस्थ दुध कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिनेछ ।

· नेपालगञ्ज उप–महानगरपालिकालाई दुध, तरकारी, फलफुल र मासुमा आत्मनिर्भर बनाउनका लागि विमा कार्यक्रम सञ्चालन गरिनेछ ।

· जैसपुरमा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिइने ।

· नगरको आफ्नै डिस्पेन्सरि(पशु उपचार कक्ष) सञ्चालन गरिने ।

१०. सहकारी सम्बन्धि नीति

· उत्पादनमा सहकारी अभियान मार्फत प्रत्येक सहकारीलाइ उत्पादनसँग जोड्दै लैजाने नीतिअनुरुप तत्काल एक कृषि सहकारी एक स्थानीय कृषि उपज उत्पादन कार्यक्रम सन्चालनमा ल्याइनेछ ।

· वित्तिय पँहुचलाइ विस्तार गर्न हाल २० प्रतिशतको हारहारीमा रहेको सहकारी सेवामा पहुँच प्रतिशत सन् २०३० सम्ममा ८० पुर्याउने दीगो विकासको राष्ट्रिय लक्ष्यअनुरुप सहकारी संस्थाको विस्तार गर्दै लगिनेछ ।

· वर्तमान शैक्षिक, आर्थिक, सामाजिक स्तरलाई जनस्तरमाव्यापक मात्रामा व्यावसायिकता विकास गराउनुका साथै लैङ्गिक विभेद तथा सामाजिक सीमान्तीकरण अन्त्य गर्ने माध्यमका रुपमा सहकारी क्षेत्रलाई परिचालन गरिनेछ ।

· नेपालगन्ज उपमहानगरपालिकाभित्रका सम्पूर्ण सहकारी संस्थालाइ सहकारी तथा गरिवी व्यवस्थापन सुचना प्रणाली ९ऋइएइःक्ष्क्० मा अनिवार्य रुपमा आवद्भ गरिनेछ ।

११.सामाजिक सुरक्षा तथा पन्जिकरण नीतिः

· आफ्ना नगरवासीको सामाजिक दायित्वलाइ बोध गर्दै ज्येष्ठ नागरिकहरुलाइ सम्मान र थप प्रोत्साहन गर्ने नीति गरिनेछ।

· लक्षित वर्ग तथा सेवाग्राहीहरुको सतप्रतिशत सहभागिताका लागि २३ वटै वडा कार्यालयका टोल टोलमा एकिकृत घुम्ति सेवा मार्फत समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताको कार्य सन्चालन गरीनेछ ।

· हाल नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडाका लाभग्राहीलाइ बैंकिङ्क प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएकोमा बैंङ्क तथा वित्तीय संस्था सँगको सहकार्यमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइनेछ ।

१२. उपभोक्ता हित संरक्षण सम्बन्धी स्

· खुल्ला बजार नीति अनुरुप बजार लाई खुल्ला प्रतिस्पर्धा मार्फत आम उपभोक्तालाई हित हुने गरी अन्य सरकारी तथा उपभोक्ता हित संग सम्बन्धित सरोकारवाला नियकाहरुसंग को समन्वयमा चेतनामुलक अभियान संचालन गरिनेछ।

· नगरपालिका क्षेत्रभित्र संचालित सबै व्यवसायलाई अनिवार्या रुपमा दर्ता गराएर मात्र व्यवसाय संचालन गर्न दिने नीति अवलम्बन गरिनेछ।

१३ . वन, वातावरणसंरक्षण, सरसफाइतथाविपद्व्यवस्थापनसम्बन्धीनीतिः

· नगरक्षेत्रमारहेकोवनसंरक्षणगर्दैउद्यानतथाहरियालीक्षेत्रकोविकासतथाविस्तारगरिनेछ।

· प्लाष्टिकजन्यपदार्थबाटहुनेवातावरणीयप्रदुषणन्यूनीकरणगर्न४०माइक्रोनभन्दापातलोप्लाष्टिककोउत्पादन, आयात, बिक्री, वितरणरप्रयोगमाक्रमिकरुपलेप्रतिस्थापनगर्दैलगिनेछ।

· सबैव्यापारिकप्रतिष्ठानमाप्लाष्टिककोझोलाकोसट्टासूति, जुटवाकागजकाझोलाप्रयोगगर्नुपर्नेव्यवस्थामिलाइनेछ।साथैयस्ताझोलाउत्पादनगर्नेउद्योगलाईप्रोत्साहनगरिनेछ।

· वातावरणीयप्रदुषणलेमानवस्वास्थ्यमापारेकोप्रतिकूलप्रभावलाईनियन्त्रणगर्नरस्वच्छएवम्वातावरणमैत्रीविकासलाईप्रवर्द्धनगर्नविद्युतीयसवारीसाधनकोउपयोगलाईप्रोत्साहनगरिनेछ।

· ल्याण्डफिल्ड साईटकोसञ्चालनतथाव्यवस्थापनकालागिउप(महानगरपालिका, वडाकार्यालयतथागैरसरकारीसंस्थामार्फतसरसफाइशुल्कसंकलनगरीसोशुल्कमध्येबाटसोहीकार्यकोलागिखर्चगर्नेकार्यलाईनिरन्तरतादिइनेछ।

· नीजिसंस्थामार्फतसरसफाइकार्यमासंलग्नगरीनिरन्तरतादिइघरधुरीतहमाउत्पादनहुनेफोहरमैलालाईश्रोतमैवर्गीकरणगर्नेव्यवस्थापनगरिनेछ।

· फोहोरसंग्लन, ढुवानी, प्रशोधन, पुनःप्रयोगलाईउच्चप्राथमिकताराखीक्रियाकलापहरुगरिनेछ।साथैफोहोरकोदिगोव्यवस्थापनकालागिनविनतमप्रविधिमाआधारितपरियोजनाहरुलाईकार्यान्वयनगर्नेआवश्यकनीतिलिईनेछ।

· नगरभित्ररहेकास्वास्थ्यसंस्थाहरुबाटउत्पादनहुनेस्वास्थ्यजन्यफोहोरव्यवस्थापनकालागिसेवाशुल्कलिईस्वास्थ्यजन्यफोहोरप्रशोधनकेन्द्रसंचालनगरिनेछरसोसम्बन्धीसचेतनामुलककार्यक्रमतथाअनुगमनगरिनेछ।

· शहरीसरसफाईअन्तर्गतनगरभित्रउत्पादनहुनेदिशाजन्यलेदोकोव्यवस्थापनकालागिदिशाजन्यलेदोप्रशोधनकेन्द्रनिर्माणगरिनेछ।

· नगरभित्ररहेकानालाहरुकोसरसफाईकार्यलाईप्रभावकारीरुपमागर्नकोलागिआवश्यकपर्नेसेटमेसिनसहयोगकोलागिसंघीयसरकार, प्रदेशसरकार, दातृनिकायहरुरसंघरसंस्थाहरुसंगपहलगरिनेछ।

· विपदप्रकोपरोकथामतथानियन्त्रणकालागियोजनाबनाईकार्यान्वयनगर्न प्रकोपव्यवस्थापनकोषलाईनिरन्तरतादिइनेछ।

· विपदजोखिमक्षेत्रपहिचानतथाजोखिमनक्शांकनगरिनेछ।साथैस्थानीयआपतकालीनकार्यसंचालनकेन्द्रलाईस्तरीकरणगरीप्रभावकारीरुपमासंचालनगर्नेव्यवस्थामिलाईनेछ।

नगरसभा सदस्यज्यूहरु,

अन्तमा यस उपमहानगरपालिकाकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधार लगायतको विकासका निम्ति कोशेढुङ्गा सावित हुने यस गरिमामय एघारौं नगरसभामा प्रस्तुत नीति, बजेट तथा कार्यक्रममा रचनात्मक राय सुझाव र मार्गदर्शन प्राप्त हुने अपेक्षा लिएको छु ।

यो नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा संलग्न रहि सहयोग पुर्याउनु हुने नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत वडाअध्यक्ष, कार्यपालिकासदस्य, वडासदस्यहरु, सम्पूर्ण कर्मचारीहरुलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु । प्रस्तुत नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको लागि सम्बद्ध सबै पक्षहरुबाट सदाझै सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा लिदै यस स्थानीय सरकारले अघि सारेको प्रस्तुत नीति कार्यक्रम कार्यान्वयमा सहयोग पुर्याउन नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय दातृ निकाय,राष्ट्यि तथा स्थानीय गैर सरकारी संघसंस्था, सम्पूर्ण वुद्धिजिवी एवं सम्पूर्ण नगरवासीहरुमा हार्दिक अपिल गर्दछु ।

धन्यवाद ।

………………………

प्रशान्त विष्ट

नगर प्रमुख

नेपालगञ्ज उपमहानगरपालिका, बाँके

मिति २०७९ असार ९ गते

 

Nabintech