• १३ बैशाख २०८१, बिहीबार
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वली विरुद्ध ‘अभद्र व्यवहार’मा जाहेरी

विमला वलीलाई बुटवल पठाउन मुख्यमन्त्रीको दबाब, एसपी काफ्लेद्वारा अस्वीकार



काठमाडों । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्रीविरुद्ध ुअभद्र व्यवहारुमा जाहेरी परेको छ ।
पीडित तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी २७ वर्षीया मिना भण्डारी बस्नेतले मंगलबार अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । जाहेरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पेस भए पनि दर्ता भएको छैन ।

खत्रीले मंगलबार बिहान बस्नेतको घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई गालीगलौज, कुटपिट र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी छन् ।

राज्यमन्त्री खत्रीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको र जाहेरी पनि जिल्लामा नै पठाइने ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरिक्षक रञ्जित स्वाारले बताए । अर्काको घरमा पसेर खत्रीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले खत्रीलाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा स्थानीय बासिन्दा ईलाका प्रहरी कार्यालय पुगेर खत्रीलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।

खत्रीलाई जिल्ला प्रहरीमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । उनले घटना सामान्य रहेको र यसबारे थप बुझ्ने काम भइरहेको बताए । मिनाका श्रीमान् एकराज बस्नेत घरमा नभएको बेला खत्री घरको गेट ढकढकाउन पुगेकी थिइन् । मिनाले गेट खोलेपछि खत्री सिधै घरभित्र प्रवेश गरी ‘मेरो एकराज खोई रु एकराज मेरो श्रीमान् हो,’ भन्दै तोडफोड गर्न थालेको जाहेरीमा उल्लेख छ ।

एकराज ४ दिनअघि घरबाट निस्केको र हाल सम्पर्कमा नरहेको मिनाले बताएकी छन् । एकराज र खत्रीबीच सम्बन्ध रहेको विषय गत भदौमा नै सार्वजनिक भएको थियो । फेसबुकमार्फत उनीहरुको फोटो सार्वजनिक भएपछि त्यतिबेला उनीहरुले सम्बन्ध अस्वीकार गरेका थिए । खत्री २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा नेकपाबाट प्रदेश सांसद् निर्वाचित भएकी हुन् ।

दाङ ३ ख बाट एमालेबाट निर्वाचित सांसद् उत्तरकुमार वलीको कार दुर्घटनामा परी निधन भएपछि श्रीमती खत्रीले टिकट पाएकी थिइन् । सामान्य गृहिणी रहेकी खत्री श्रीमान्‌को मृत्युपछि एकैपटक सांसद्को टिकट पाएर राजनीतिमा देखिएकी हुन् ।

बुटवल पठाउन मुख्यमन्त्रीको दबाब

स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न मुख्यमन्त्री कुलबहादुर केसीले दबाब दिएका छन् ।

मुख्यमन्त्री केसीले प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेलाई फोन गरेर दबाब दिएका हुन् ।राज्यमन्त्री वलीलाई बुटवल पठाउन मुख्यमन्त्रीले दबाब दिइरहेको प्रहरी स्रोतले जानकारी दियो । तर, एसपी काफ्लेले मुख्यमन्त्रीको दबाब अस्वीकार गरेका छन् ।

भिआइपी आरोपितलाई प्रहरी निगरानीमा राख्नुपर्ने भन्दै उनले मुख्यमन्त्रीको दबाब अस्वीकार गरेका हुन् । विमलालाई अहिले सुरक्षाको कारण देखाउँदै जिप्रका मै राखिएको छ ।

 

Nabintech