• १३ बैशाख २०८१, बिहीबार
देउखुरीमा राजधानी , बुटवल आर्थिक र कपिलवस्तु साँस्कृतिक राजधानी (पूर्णपाठ)


बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधवार प्रदेशसभाको १०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनद्वारा प्रस्तुत नीति कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिइएको छ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले केही पुराना र महत्वकांक्षी योजनाहरू ल्याएको छ। ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ।

सिंगो लुम्बिनी प्रदेशलाई प्रविधिमैत्री बनाउने गरी ‘डिजिटल प्रदेशको आधार, हात हातमा प्रदेश सरकार’ भन्ने नारा अघि सारिएको छ। कृषिमा स्मार्ट कृषि गाउँ कार्यक्रम, युवा किसानका लागि ब्याज अनुदान, प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना, कृषिमा उत्पादनमा आधारित अनुदान, पुष्पखेती प्रवर्दन ‘एक स्थानीय तह, एक उत्पादन’ लगायतका नारा अघि सारिएको छ।

नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा व्यवस्थापन र संरचना निर्माणको कामलाई गौरवको आयोजना घोषणा गरिएका छन्। उनले राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरी राजधानी निर्माण गरिने उल्लेख गरे।

‘राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरी गुरुयोजनाको आधारमा प्रदेश राजधानीको लागि पूर्वाधार निर्माण जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ। यसका लागि संघ र स्थानीय सरकारसँग मिलेर काम गर्ने पनि नीति कार्यक्रममा उल्लेख छ।

योसँगै लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिनावाङ, लुम्बिनी प्राविधिक विश्वविद्यालय, रामपुर कपुरकोट जीवराज आश्रित सडक, कृष्णसेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकास गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रदेशको अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक राजधानी र कपिलवस्तुलाई साँस्कृतिक राजधानीको रुपमा विकास गर्ने प्रदेश प्रमुख शेरचनले बताए। नौमुरे बहुउद्देश्यीय जलाशययुक्त परियोजनालाई संघीय सरकारसँगको समन्वयमा प्रदेशको महत्वपूर्ण योजनाको रुपमा अघि बढाइने प्रदेश सरकारको नीति छ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर बृहत् बुद्ध सर्किट तथा प्रदेशका सबै जिल्लाका पर्यटकीय गन्तव्य जोडिने गरी ऐतिहासिक बाइसे-चौबिसे पर्यटकीय सर्किट अघि बढाइने, गौतमबुद्ध विमानस्थलमा प्रदेशका पहिचान झल्किने खालका स्थानीय उत्पादन बिक्रीका लागि निजी क्षेत्रलाई कोशेली घर सञ्चालन गर्न दिने, प्रमुख शहरहरू जोड्ने रुटहरूमा विद्युतीय बस सञ्चालन गर्ने  योजना प्रदेश सरकारले अघि सारेको छ।

त्यस्तै, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवका नमुना आयोजनाका रुपमा अघि बढाइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीडी र जनरल बेड निःशुल्क गरिने साथै क्यान्सर तथा मुटुरोगीलाई २ लाख रुपैयाँ उपलब्ध गराइने नीति कार्यक्रममा उल्लेख गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पताललाई मुलुककै नमुना अस्पताल बनाई नमुना मेडिकल कलेज सञ्चालन गरिनेछ।

नीति तथा कार्यक्रमको पूर्णपाठ :

 

 

Nabintech