इम्बोइस्डका नाममा नागरिकलाई धम्की दिने काम बन्द गर्नु पर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले इम्बोस्ड नम्बर प्लेट जडानका नाममा नागरिकमाथि धम्की दिने काम तत्काल बन्द गर्न आग्रह गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसद थापाले यसअघि यातायात मन्त्रालयले गएको मंसिरदेखि नामाकरण टुंगिएको प्रदेशका यातायात कार्यालयमा दर्ता भएका सवारी साधनमा इम्बोइस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको भए पनि त्यो लागू गर्न नसकेको र अहिले आएर तत्काल गरिहाल्नू भनेर धम्की दिने काम गरेको आरोप लगाए।

‘मंसिरदेखि लागू हुने भनेको त्यो निर्णय लागू हुन सकेन। किन हुन सकेनरु किन हुन सकेन भनेर समीक्षा गरेर सच्याउन छाडेर सजिलो तर गलत बाटो मन्त्रालयले समातेको छु थापाले भने, ‘दण्ड जरिवानाको डर देखाएर नागरिकहरुलाई तर्साउने ?’

गण्डकी र बागमतीमा असार मसान्त भित्रमा सावारी साधनले इम्बोइस्ड नम्बर प्लेट लिएनन् भने साउन १ गतेदेखि सवारी यातायत ऐन अनुसार कारबाही हुने भनिएको भन्दै उनले भने, ‘मंसिर १ गतेदेखि नामाकरण टुंगिएको प्रदेशमा गर्ने भनेको काम सम्बन्धित कार्यालयले गरेन। यातायात विभागका महानिर्देशकले त्यसो भन्नु भएको छ। त्यसो भए जुन कार्यालयले गरेन त्यसमा ताकेता गर्ने हो कि नागरिकलाई तर्साउने ?

इम्बोइस्ड जडान गर्ने कम्पनीसँग भएको सम्झौता अनुसार १६ महिनाको अवधिमा काम पूरा नभए त्यसको आर्थिक दायित्व सरकारले व्यहोर्नु पर्ने भन्दै उनले यसअघि निर्णय गरेर लागू गर्न नसक्ने माथि कारबाही नगर्ने र त्यसको दुस्ख नागरिकले पाउने हो भन्दै प्रश्न गरे।

‘बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनीले ठेक्का लियो, यो ठेक्कामा भनिए अनुसार अबको १६ महिनामा बाँकी रहेको काम पूरा गर्नु पर्छ, नभए आर्थिक दायित्व सरकारले व्यहोर्नु पर्छ। सरकारले भनेको समयमा भनेको काम गर्न नसक्दा आर्थिक दायित्व व्यहोर्नु पर्छ भने कमी कमजोरी जसले गरेको हो त्यसले सजाय प्राप्त गर्ने हो कि त्यसको दुस्ख नागरिकले पाउने हो ? उनले भने।

सम्झौतामा तोकिए अनुसारको समयमा नम्बर प्लेट जडानका लागि दिनको ५ हजार ५ सयका दरले जडान हुनु पर्ने भन्दै सांसद थापाले त्यो सम्भव नभएको र त्यसका नाममा जनताले सास्ती पाउन नहुने बताए ।

‘अबको १५ महिनामा २५ लाख सवारीमा सवारी साधनमा प्लेट जोड्ने काम गर्नु पर्छ। दिनको ५ हजार ५ सय कसरी सम्भव छरुु उनले भने, ‘राष्ट्रिय परिचय पत्र लिँदा नागरिकले सास्ती व्यहोर्नु पर्यो, त्यो भन्दा धेरै सास्ती व्यहोर्नुपर्छ। दिनरात नभनि लाइन बस्नुपर्छ अन्तिममा जडान पनि हुँदैन।’यसअघि इम्बोइस्ड जडान गर्नेहरुको पनि गुनासो रहेको उनले बताए।

‘जडान गर्नेको गुनासो छ। यति महँगो पैसा तिरेर प्लेट लिएका छौं यसको गुणस्तर छैन। जहाँ खाल्डा खुल्डी छ त्यहाँ खस्छ।’मंसिर १ गते भित्र गर्ने भए गर, नभए देखाइदिन्छु भन्ने धम्की दिने काम बन्द गर्नु पर्छु थापाले भने ।

Nabintech