• ११ बैशाख २०८१, मंगलवार
बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार‚ ७ जना पक्राउ


नेपालगञ्ज । बाँकेमा १६ बर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा बैजनाथ गाउँपालिका वडा नं ८ का सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुन न्यौपानेले जानकारी दिए । फेसबुक माफत् चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराज लगायत सात जनाले शनिबार राती सामूहिक बलात्कार गरेको डिसपी न्यौपानेले बताए ।

किशोरीलाई मदिरा खुवाई शुरुमा बाँके बर्दियाको सीमाना पर्ने मानखोलाको जंगल र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । मानखोलाको जंगलमा ५ जना र टहरामा लगेर २ जनाले बलात्कार गरेको प्रहरीले बताएको छ ।

बाँके प्रहरीले प्रहरीले अभियुक्तहरू हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखिएको छ ।

Nabintech