• १६ चैत्र २०८०, शुक्रबार
बैजनाथ पालिकामा कांग्रेसको अग्रता कायमै,अध्यक्षमा खनालभन्दा शाही ६४१ मतान्तरले अघि


नेपालगन्ज । बैजनाथ गाँउपालिकाको अध्यक्षमा कांग्रेसका प्रकाश बहादुर शाहीले अग्रता कायमै राखेका छन् ।

११ हजार ७ सय ९८ मतगणना हुदा शाहीले ४७२४ मत पाएका छन् भने एमालेका घननाथ खनालले ४११० मत प्राप्त गरेका छन् ।
यस्तै माओवादी केन्द्रका उम्मेदवार युगान्त शाहले ७१२ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार निर्मला रोकायले ४६७४ मत प्राप्त गरेकी छन् भने एमालेकी प्रेम पूर्ण योगीले ४३९८ मत प्राप्त गरेकी छन् ।

वडा न. १ र ८ को मतगणना सम्पन्न भएको छ । वडा नं ८ को वडाअधयक्षमा कांग्रेसका भग्गन थारुसहितको प्यानललनै दोस्रो कार्यकालका लागि पुन निर्वाचित भएको छ ।

Nabintech