• ७ बैशाख २०८१, शुक्रबार
स्थानिय तह निर्वाचनमा कसरी गर्ने सही तरिकाले मतदान ? (भिडियोसहित)


काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा यस वर्ष मतपत्र बढी बदर हुने हो कि भन्ने आम मतदाता र सरोकारवालाहरूको चिन्ता बढेको छ ।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासोका बीच विभिन्न दल बीच गठबन्धन हुँदा मतदाताले फरक–फरक उम्मेदवारका लागि फरक–फरक चुनाव चिन्ह छनोट गर्नुपर्ने बाध्यता रहेको छ । साथै थुप्रै स्थानमा स्वतन्त्र उम्मेदवारहरू पिन रहेका कारण यस बारेमा बढी चासो बढेको पाइन्छ ।
आसन्न निर्वाचन आयोगले दुई ढाँचाका मत पत्रको व्यवस्था गरेको छ । आयोगका सूचना अधिकारी एवम् सह प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार पहिलो ढाँचा वाला मतपत्र जुन एक पेजमा ठाडो लहरमा क्रमशः ठूला दलहरूको त्यसपछि साना दल र स्वतन्त्र उम्मेदवारहरूको निर्वाचन चिन्ह राखेर तयार गरिएको छ । स्थानीय तहका लागि आवश्यक प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई खुल्ला गरी सात जना निर्वाचित गर्नु पर्ने हुन्छ । सोही बमोजिम आयोगले पहिलो ढाँचाको मत पत्र ३६ वटा जिल्लाका लागि तयार गरेको छ ।
यस्तै दोस्रो ढाँचाको मत पत्र बाँकी ४१ जिल्लाका लागि एकै पेजको दुई खण्डमा तयार गरिएको छ । उक्त मतपत्र पनि दायाँ र बायाँ खण्डमा गरी क्रमशः ठूला दलहरूको त्यसपछि साना दल र स्वतन्त्र उम्मेदवारहरूको निर्वाचन चिन्ह राखेर तयार गरिएको छ ।
हरेक मतदाताले आफूलाई मन मरेको उम्मेदवारलाई छनौट गरी एक पद एक स्वस्तिक छापको प्रयोग गर्न आग्रह गरेको छ । यस्तै मतदान पछि स्वस्तिक छापको मसी अन्य चुनाव चिन्ह वा अन्यत्र नलत्तियोस् भनेर सावधानीपूर्वक पट्याएर मतपेटिकामा आफ्नो अमूल्य मत खसाल्न पनि आयोगले आग्रह गरेको छ ।

हेर्नुहोस् भिडियो :

Nabintech