खजुरा ६ का वडाअध्यक्षका उम्मेदवार बदाम भन्छन्, ‘जेष्ठ नागरिकलाई बैंकमा लाइन लागेर भत्ता बुझ्ने झन्झटबाट मुक्त गराउछु’


नेपालगन्ज । खजुरा गाँउपालिका वडा नं ६ का नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार सम्सुधा खान ‘बदाम’ले वडा जितेमा जेष्ठ नागरिकलाई बैंकमा लाइन लागेर भत्ता बुझ्ने झन्झटबाट मुक्त गराउने प्रतिबद्धता जनाएका छन् ।

खानले वृद्ध व्यक्तिहरुले बैंकमा गएर घन्टौं लाइनमा बसेर सामाजिक सुरक्षा भत्ता लिन सहज रुपमा वडामै प्रदान गरीने  बताए ।
युवा नेताका रुपमा परिचित नेता खानले वडामा  कृषि क्षेत्रलाई नै मुख्य रुपमा प्राथमिकता दिने बताएका छन् ।

वडामा कृषि, युवा, रोजगार र खेलकुदका क्षेत्रमा काम गर्ने बताएका छन् । खानले भने वडामा वाइफाइ फ्रि दिने, कृषकका लागि मलखादको व्यवस्थापन सहज गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै खानले वडामा रहेको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या पनि समाधान गर्न पालिकामा समन्वय गर्ने योजना रहेको  बताए ।

Nabintech