प्रकाश शाही भन्छन्,’सरकारी स्कुलको गुणस्तरियता सुधार गर्न अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्नेछु’


कोहलपुर । नेपाली कांग्रेस बैजनाथ गाँउपालिकाका अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाहीले पालिकामा भएका सरकारी स्कुलको गुणस्तरियता सुधार गर्न कक्षा १ देखि ५ सम्म नेपालीसँगै अंग्रेजी माध्यमबाट पनि पठनपाठन सुरु गर्ने योजना रहेको बताए ।

सोमबार बैजनाथ ३ नौवस्तामा घरदैलो कार्यक्रममा उम्मेदवार शाहीले पालिका अध्यक्षमा आफु विजयी भएका यस क्षेत्रका सामुदायिक र सरकारी स्कुलको गुणस्तरियता सुधार गर्न पठनपाठनको शैली नै परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए ।

सामूदायिक विद्यालयममै अंग्रेजीमा अध्ययन हुदा निजि विद्यालयम चर्को शूल्कमा पढाउनुपर्ने बाध्यता हट्ने शाहीको भनाइ छ ।

आफु विगतमा सरकारी स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरीसकेको अनुभव सुनाउदै शाहीले भने, ‘प्राइमरी लेभलमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ सुरु गर्दा विद्यार्थीको सिकाइ लेभल राम्रो हुने गर्दा ठूलो कक्षामा त्यसले सहयोग गर्ने छ ।’

त्यसैगरी शाहीले प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको सम्बन्धलाई सुधार गरी विद्यायलयको गुणस्तर सुधार्नमा सहयोग गर्ने बताए ।
त्यसैगरी शाहीले तहगत रुपमा शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कार व्यवस्था र आर्थिक रुपमा कमजोर विद्यार्थीलाई पालिकाले स्टेसनरी तथा पोसाकको व्यवस्था गर्ने पनि बताए ।

Nabintech