• १३ बैशाख २०८१, बिहीबार
कांग्रेसले महानगर र उमपहानगरको उम्मेदवार शुक्रबार टुंगो लगाउने !


काठमाडौं ।  नेपाली काँग्रेसले महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन पार्टीको बैठक बोलाएको छ ।

काँग्रेसले शुक्रबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयमा बस्न उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले गठबन्धनमा तालमेलअनुसार काठमाडौं, ललितपुर र विराटनगरमा मेयर भाग पाएको छ भने चितवन, वीरगन्ज र पोखरामा उपमेयर पाएको छ । ती सबै स्थानमा शुक्रबारको बैठकबाट उम्मेदवारको टुंगो लगाइने काँग्रेसको भनाइ छ ।

Nabintech