• १५ चैत्र २०८०, बिहीबार
फौजदारी अभियोग लगाएर थुन्ने योजना प्रचण्डले बनाए : केपी ओली


 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फौजदारी अभियोग लगाएर थुन्ने योजनासहित प्रचण्डले १९ बुँदे राजनीतिक प्रतिवेदन ल्याएको भनाइ सार्वजनिक गरेका छन् ।
‘फौजदारी अभियोग पार्टीले लगाएर, पार्टीको स्थायी कमिटीले पास गरेर, केन्द्रीय कमिटीले पास गरेर अगाडि बढेपछि मुद्धा चलाएर थुन्दा त त्यो त दुनियाँलाई हो जस्तो हुने भयो नि’ उनले भने ।
ओलीले प्रतिनिधिसभा विघटनलाई गलत नभन्न आग्रह गरेका छन् । केन्द्रीय सल्लाहकार परिषदको बैठकमा सम्बोधन गर्दै उनले विघटन जायज भएकाले भुलचुकले पनि त्यसो नभन्न निर्देशन दिएका हुन् ।

‘केही साथीहरू मौका पाउनासाथ प्रतिनिधिसभा विघटन गलतै थियो भन्ने गर्नुभएको छ । यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का कोही पनि कमरेडले भूलचुकले पनि नबोल्न आग्रह छ । विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ’ ओलीले भने ।

आफूलाई थुन्नेसम्मको षडयन्त्र चिर्दै पार्टी र संगठन जोगाउन प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको प्रष्टीकरण छ । ‘एमाले र माओवादीको एकता वस्तुतः कायम रहेन । त्यसलाई कायम राख्ने हो भने फेरि जनतामा गएर जनादेश लिएर आउनुपर्यो भनेर प्रतिनिधिसभा विघटन गरेँ । त्यो लोकतान्त्रिक नै थियो’ अध्यक्ष ओलीले भने ।

एमालेका नेता भीम रावल, घनश्याम भुसालहरुले प्रतिनिधिसभा विघटन गलत भएको सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

 

Nabintech