• ७ बैशाख २०८१, शुक्रबार
सत्तागठबन्धनका कुन दलले कहाँको मेयर र उपमेयर पाउँदैछन् ? (हेर्नुस् सूचीसहित )


काठमडाौं । पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको भागबन्डा मिलेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले लिखित रूपमै सहमति गरेको हो ।

६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा ९एकीकृत समाजवादी० ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्।

११ उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एकरएकमा मेयर पाएका छन्। कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्।

मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ।

यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा ६ महानगरमध्ये दुई (काठमाडौं र पोखरा) एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो। भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो।

उपमहानगरमध्ये एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो भने कांग्रेसले धनगढी र कलैयामा जित हात पारेको थियो। धरानमा उपनिर्वाचन हुँदा मेयर कांग्रेसले जितेको थियो। नेपालगन्जमा राप्रपा र जनकपुरमा राजपाले मेयर जितेका थिए।

हेर्नुस् कसले पाए कहाँको मेयर र उपमेयर :

Nabintech