• १३ बैशाख २०८१, बिहीबार
सत्तागठबन्धन भागभण्डा : नेपालगञ्ज उपमहानगरपालिकाकाे मेयर कांग्रेसले पाउने, जनकपुरमा जसपाले पायो !


काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबीच आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरको बाँडफाँड टुंग्याएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा ११ उपमहानगरमध्ये कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक\एकमा मेयर पाएका छन्।

कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्।

६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएको छ ।

मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ।

 

Nabintech