• १५ चैत्र २०८०, बिहीबार
जानकी वडा नं ५ को वडाअध्यक्षमा कांग्रेसबाट टिकानाथ यादवकाे नाम शिफारिस


नेपालगन्ज । नेपाली कांग्रेस जानकी गाँउपालिका वडा नंम्वर ५ ले वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।

मंगलबार बसेको वडा समितिको भेलाले टिका नाथ यादवलाई नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमतिले निर्णय गरेको हो ।

वडा अध्यक्षका उम्मेदवार यादव १२ बर्ष सक्रिय शिक्षण पेशामा रही काम गरीसकेका व्यक्ति हुन् । यस्तै यादवले पार्टीका विभिन्न तहमा बसेर काम गरीसकेका छन् । यादवले वनस्पति विज्ञानमा एमएससी गरेका छन् भने बीएड, फार्मेसीमा डिप्लोमा पनि गरेका छन् ।

यादव १३ औं महाधिवेशनमा वडा नं ५ को वडासचिव भएर काम गरेका थिए भने १४ औं महाधिवेशनमा जानकी गाँउपालिका सचिवमा निर्वाचित भएर पालिका सचिवको जिम्मेवारीमा छन् । साथै यादव विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक काम गरेको अनुभव पनि छ ।

बाँके क्षेत्र नं ३ को पिछडिएको क्षेत्र मानिने जानकी गााउपालिकामा शिक्षा ,स्वास्थ्य, खानेपानी, बिजुलीका क्षेत्रमा काम गर्ने बताएका छन् । यस वडाका युवाहरुलाई रोजगारीको सिर्जना गर्ने, यस क्षेत्रमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन आफ्नो ध्यान केन्दीत रहने उनले बताए ।
‘राजनीतिक तथा सामाजिक संघ संगठनमा राम्रो पकड पनि भएको र उच्च तहका नेताहरुसँग सुमधुर सम्बन्ध पनि भएकाले जानकी गाँउपालिकामा नमूनायोग्य काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु,’ यादवले भने ।

गाउँपालिकाको वडाअध्यक्षको तयारीका लागि उनी अहिले घर दैलोमापगेर स्थानियबासीसंग मत मागिरहेका छन् । यादवले थुप्रै सामाजिक तथा पार्टीमा सक्रिय युवा नेताका छवि बनाएका कारण पनि स्थानियले यादवलाई वडाअध्यक्षमा उम्मेदवारी दिन सुझाव दिएका थिए ।

गाउँपालिकामा शिक्षा, स्वास्थ्य, उद्यमशिलता लगायतका क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताउँदै स्थानीयले यादवलाई उम्मेदवारी दिन आग्रह गरेको बुझिएको छ ।

Nabintech