• ११ बैशाख २०८१, मंगलवार
कांग्रेसले वडा तहसम्मै निर्वाचन परिचालन समिति गठन गर्ने


काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले वडा तहसम्म निर्वाचन परिचालन समिति बनाउने प्रक्रिया सुरु गरेको छ ।

बिहीबार बसेको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले केन्द्रदेखि वडा तहसम्म निर्वाचन परिचालन समिति गठन प्रक्रिया प्रारम्भ गरेको समिति सदस्य नैनसिंह महरले जानकारी दिए ।

महरकाअनुसार पार्टी उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काको नेतृत्वको समितिले निर्वाचन परिचालन समिति तल्लो तहसम्म गठन गर्न मापदण्डमा काम सुरु गरेको छ ।

“हामीले केन्द्रदेखि वडा तहसम्म निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेका हौँ । यसका लागि मापदण्डमा काम भइरहेको छ,” महरले बाह्रखरीसँग भने ।

पार्टीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन परिचालन समिति गठन गरेको हो ।

Nabintech