• १६ चैत्र २०८०, शुक्रबार
मतपेटीका भन्डारण र मतगणना स्थलमा सीसीटीभी जडान हुने


काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ ।

निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएको हो ।

सीसीटीभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ ।यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको समेत जनाएको छ । छपाई आजैबाट सुरु हुने छ । मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ ।

Nabintech