• १४ बैशाख २०८१, शुक्रबार
एआईजी बढुवा सिफारिसविरुद्ध सिनियर डीआईजीहरु लोकसेवा आयोगमा


काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकामा असन्तुष्ट सिनियर डीआईजी उजुरी लिएर लोकसेवा आयोगमा पुगेका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो । तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।

डीआईजी ईश्वरबाबु कार्कीले आफू उजुरी दिन लोकसेवा आयोगमा आएको बताए । उनले आफू अदालत पनि जाने बताए । बढुवा सिफारिसविरुद्ध डीआईजीहरु घनश्याम अर्यालसहित केही डीआईजी पनि लोकसेवा आयोगमा उजुरी दिने तयारीमा रहेका छन् ।

Nabintech