• १४ बैशाख २०८१, शुक्रबार
लोकसेवाले खुलायो ३०० स्टाफ नर्सका लागि विज्ञापन


काठमाडौं । लोकसेवा आयोगले ३०० स्टाफ नर्सका लागि विज्ञापन खुला गरेको छ ।

बुधबार सूचना प्रकाशित गर्दै आयोगले खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी/जनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपांगता भएकातर्फ सात र पिछडिएको क्षेत्रतर्फ पाँच गरी ३०० जनाका लागि विज्ञापन खुलाएको हो ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्तिले अनलाइन आवेदन दिन पाउने आयोगले जनाएको छ ।

सूचना पढ्नोस्–

 

Nabintech