• १६ चैत्र २०८०, शुक्रबार
सडकबाट प्रधानन्यायाधीशको राजीनामा माग्नु अराजक :एमाले


काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सडकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्नु गलत भएको बताएको छ ।

बिहीबार एमाले स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश नियुक्त गर्ने तथा हटाउने संवैधानिक विधि रहेको भन्दै न्यायालयमा गुटबन्दी र चरम अराजकता देखिएको बताए ।

न्यायाधीशहरुको गुटबन्दीका कारण संकटकालमा समेत रोक्न नपाइने बन्दी प्रत्यक्षीकरणको मुद्दाहरु प्रभावित भएका भएको भन्दै ज्ञवालीले जबरालाई हटाउने भए महाअभियोग ल्याउनुपर्नेतर्फ बताएका छन् ।

निश्चित राजनीतिक दल वा नेताहरुको स्वार्थका लागि न्यायालयका केही व्यक्तिले गरेको अपवित्र साठगाँठ अहिलेको समस्या भएको ज्ञवालीले बताए ।

Nabintech