सडकबाट कुरा उठ्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन् : प्रधानन्यायाधीश जबरा


काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सडकबाट प्रश्न उठ्दैमा राजीनामा नदिने अडान लिएका छन्।

मार्ग प्रशस्त गरिदिन आग्रहसहित आफूलाई भेट्न आएका सर्वोच्च अदालतका १५ न्यायाधीशलाई जबराले यस्तो जवाफ दिएका हुन्।
भेटका क्रममा न्यायाधीशहरूले ठूलो विवाद आएको भन्दै जबरालाई सम्मानजनक हिसाबले मार्ग प्रशस्त गरिदिन भनेका थिए।

त्यसपछि पछिल्लो समयको विवादबीच चौतर्फी घेराबन्दीमा परेका प्रधानन्यायाधीश जबराले कसैको दबाब र प्रभावमा परेर राजीनामा नदिने अडान न्यायाधीशहरूसँग पनि लिएका हुन्।

उनले आफ्नो नियुक्ति संवैधानिक भएकाले बाहिरबाट कुरा उठ्दैमा राजीनामा दिनुपर्छ भन्ने नरहेको जवाफ न्यायाधीशरुलाई दिएका हुन्।

उनले सर्वोच्चका अन्य कतिपय न्यायाधीशहरूमाथि पनि प्रश्न उठेकाले उनीहरुले पनि राजीनामा दिने भए आफू त्यसका लागि तयार रहेको बताएका छन्।

‘तपाईंहरुमध्ये कतिपयमाथि पनि प्रश्न उठेको छ। तपाईंहरु दिनुहुन्छ भने म पनि राजीनामा दिन्छुु, जबराले भने, ुअहिले कतिपयमाथि पनि प्रश्न उठेको छ। जो जोमाथि प्रश्न उठ्छ, उनीहरुले राजीनामा दिँदै जाने हो त ?’

यदि प्रश्न उठेका अन्य न्यायाधीशले राजीनामा नदिने हो भने आफू पनि पद छाड्न तयार नरहेको जवाफ उनले न्यायधीशहरुलाई दिए।

जबराले मंगलबारलाई एकल र संयुक्तसहित आठवटा इजलास तोकेका थिए। तर अहिले पनि उनीहरु कुनै इजलासमा गएर मुद्दाको सुनुवाइ गर्न गएका छैनन्।

Nabintech