• १३ बैशाख २०८१, बिहीबार
नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा


काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताएका छन्।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी उनको छ।

आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको उनीमाथी आरोप लाग्दै आएको थियो । तर, उक्त आरोपको उनले खण्डन गर्दै आएका थिए । ‘मेरो ब्यक्तिगत रुपमा टिका टिप्पणी हुन थाल्यो, कांग्रेसले मन्त्री बनाउँदा प्रधानन्यायाधीशसँग जोड्ने काम भयो, त्यसकारण मलाई मन्त्री पदमा बसिरहन उचित लागेन,’ हमालले भने ।

बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए। सासंद नभएर मन्त्री बनेका हमाल संविधानहरुले ६ महिनालाई मन्त्री बनेका थिए ।

उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन्। मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ। उनी असोज २२ गते मन्त्री नियुक्त भएका थिए।

Nabintech