मंसीरमा महाधिवेशन गर्ने विषयमा नेताहरुविच आशंका पैदा,२१ जिल्लाको अधिवेशन दसैँअघि गर्ने !


काठमाडौँ । नेपाली काँग्रेसले असोज १८ गतेअघि २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ । ​
दसैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गरिने उनको भनाइ छ ।

घिमिरेकाअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्लामा असोज १८ भित्र जिल्ला अधिवेशन सम्पन्न हुने छ । तर, डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताकै टुंगो लागेको छैन ।

५६ जिल्लाको प्रदेश, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ र तिहारको बीचमा गर्ने सहमति भएको छ । यस कारण पूर्वनिर्धारित अधिवेशनको तालिकामा आंशिक परिवर्तन हुने देखिएको छ ।

१२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । ५६ जिल्लामा उक्त तालिका अनुसार अधिवेशन नहुने भएको छ ।

यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । उनका अनुसार प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका पनि परिर्वतन हुने भएको छ ।

Nabintech