अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल र महासचिवमा समिक बडाल चयन

अनेरास्ववियूको २३ औं महाधिवेशन चैत २२-२४ मा गर्ने निर्णय



काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् ।

शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै  वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना वाइवा, निशा अधिकारी, यम पाण्डे, मोती विक र महासचिवमा समिक बडाल चयन भएका छन् ।

अध्यक्ष ऐन महर, उपाध्यक्ष रस्मी आचार्य, महेश बर्तौला र शैलेश लामा संगठनबाट बिदा भएका छन् ।

अनेरास्ववियूको २३ औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पाँचवर्षदेखि अनेरास्ववियूको महाधिवेशन भएको छैन । अनेरास्ववियू केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, विद्यार्थी इन्चार्ज खिमलाल भट्टराई, अनेरास्ववियूका पूर्वअध्यक्ष माधव ढुंगेल लगायतले सम्बोधन गरेका छन् ।

 

Nabintech