प्रधानमन्त्री देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा,अधिकांशलाई प्रदेशमा पठाइयो (नामावलीसहित)


काठमाडौं । सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको एकैसाथ सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् ।

देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् । विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मंगलबारको सरुवामा २९ जना सहसचिवहरुलाई प्रदेशमा सरुवा गरिएको छ भने एकजना सहसचिवलाई फाजिल अर्थात् जगेडामा राखिएको छ ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गरिरहेका रामबन्धु सुवेदीलाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ ।

त्यसैगरी प्रदेश नम्बर २ को खानेपानी तथा उर्जा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव रामआधार साहलाई भने संघको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत रहने गरी फाजिल अर्थात् जगेडामा राखिएको छ । साह गएको असार ३१ गतेमात्रै त्यहाँ सरुवा भएर गएका थिए ।

सरुवाको सूची

Nabintech