प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय


काठमाडौँ । सरकारले प्रभुराम शर्मालाई भदौ २४ गतेदेखि लागु हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हाल कायममुकायम प्रधानसेनापति रहेका शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

शर्माले भदौ २४ गतेबाट औपपचारिक रुपमा करिब ९६ हजार संख्यामा रहेको नेपालको सबैभन्दा ठूलो सुरक्षा संगठनको नेतृत्व सम्हाल्ने छन् । हाल प्रधानसेनापति पूर्णचन्द्र थापा अनिवार्य अवकाश पाउनु एक महिना अघिदेखि बिदामा बसेका छन् । उनी बिदामा बस्ने भएपछि यसअघि नै सरकारले शर्मालाई कायममुकायम तोकेको थियो ।

भदौ २४ गते थापाले शर्मालाई प्रधानसेनापतिको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

Nabintech