कांग्रेसमा उम्मेदवारको शुल्क प्रस्ताव: वडा सदस्यको एक सयदेखि सभापतिको ३० हजारसम्म (सूचीसहित)


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको छ ।

केन्द्रीय कार्य समितिको बैठकमा पेश भएको प्रस्तावित शुल्कमा न्युनतम वाडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्म तोकिएको छ ।

केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सहमहामन्त्री पदको निर्वाचनका लागि २० हजार र केन्द्रीय सदस्य पदको उम्मेदवारी दर्ताका लागि १० हजार शुल्क प्रस्ताव गरिएको  छ ।

प्रदेश कार्यसमिति अन्तर्गत सभापति पदका लागि उम्मेदवारी शुल्क १५ हजार, जिल्ला सभापतिका लागि १० हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ । यस्तै निर्वाचन निर्देशिकामा प्रतिनिधिसभा क्षेत्रीय सभापति पदका लागि सात हजार, प्रदेशसभा क्षेत्रीय सभापतिका लागि पाँच हजार, महानगरपालिका, उपमहानगरपालिका कार्यसमिति सभापतिका लागि पाँच हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ  ।

गाउँपालिका सभापतिको दुई हजार रुपैयाँ र वडा कार्यसमिति सभापतिका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।

प्रस्तावित शुल्कको सूची यसप्रकार छ ।

Nabintech