पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि पाए सफाइ !


काठमाडौं । पूर्वसभामुख  कृष्णबहादुर महराले जबर्जस्ती करणीको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको हो ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा  सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए । महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो ।

काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि सरकार महराविरुद्ध मुद्दा लिएर उच्च अदालत पाटन पुगेको थियो ।

काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो । त्यसलगत्तै सरकारी वकिलबाट पुनरावेदन भएपछि आज उच्च अदालत पाटनबाट पनि सफाइ पाएका हुन् ।

Nabintech