• ११ बैशाख २०८१, मंगलवार
आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले जसपा नेताको ‘हेड काउन्ट’ गर्दै


काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादबारे सोमबार निर्णय लिने भएको छ ।

आयोगले आज ११ बजे पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’ नीति लिएर आयोगले टुंग्याउन लागेको छ ।

सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको छ । ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो । तर पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण नहुँदा जसपाको औपचारिक विभाजन रोकिएको छ ।

योबीचमा दुवै पक्षले एक अर्कालाई गरेका कारबाही निर्वाचन आयोगले विधि–विधानसम्मत नभएको भनेपछि निष्प्रभावी भएका थिए । जसपालाई एकताको अवस्थामा पुर्याएर आयोगले मिलेर आउन आग्रह गरेपनि सँगै बस्न सक्ने परिस्थिति नभएको भन्दै दुबै पक्षले पार्टी आधिकारिकतामाथि दाबी माग गरे ।

सोही अनुसार आज आयोगले पार्टीको कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गरे आधिकारिकता टुंग्याउँदै छ । यतिबेला कार्यकारिणी र संसदीय दलमा पनि यादव पक्षको प्रस्ट बहुमत देखिएको छ ।

त्यसमा तलमाथि हुन नदिने यादव पक्षले ३२ जना केन्द्रीय कार्यकारिणी सदस्य १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसदलाई रिसोर्टमा राखेका छ ।

Nabintech