• १५ चैत्र २०८०, बिहीबार
माधव नेपालको आफ्नै पार्टीका सासंसदमाथि आक्रोश:प्रतिगमनको मतियार बन्ने,राजीनमा दिनुस्, निस्किनुस् !


काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको दुइ पक्षविचको विवाद सडक देखि सदनसम्म छताछुल्ल हुनेगरी पोखिएको छ ।

यसअघि पार्टीका कार्यक्रममा एक पक्षले अर्कोपक्षलाई होच्याउने गरी भाषणवाजी गरे पनि आइतबार भने संसदीय समितिको वैठकमै भनाभन भएको छ ।
आइतबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको वैठकमा त्यस्तै दृश्य देखियो ।

सडकमा युवा संघ र अनेरास्वियु उतारेर कहिले कार्यकर्ताई बाँदर बनाउने त कहिले आइटी सेना गठन देखि पिपुल्स भोलिन्टेयर जस्ता संगठन बनाउन दुई पक्षविच होडबाजी चल्ने गरेको छ । यस्तै घट्ना भएको छ, आइतबार संसदमा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ। पूर्वप्रधानमन्त्रीको हैसियतमा वैठकमा नेता नेपाललाई डाकिएको थियो ।

वैठकको सुरुवातमै सम्बोधन गरेका नेता नेपालले संसद पुनस्स्थापित भएकोमा हाम्रो हृदय गदगद भएको छ । त्यसमा ऐतिहासिक भूमिका निर्वाह गर्नु भएकोमा, साहसपूर्ण भूमिका खेल्नु भएकोमा म मान्य सदस्यहरूलाई धेरै-धेरै धन्यवाद दिन चाहान्छु । यो कदमले प्रतिनिधिसभालाई जोगाएको छ, व्यवस्थापिकाको रक्षा गरेको छ । न्यायपालिका जोगाएको छ । कार्यपालिका जोगाएको छ । न्यायपालिकाको मर्यादा र सम्मानमा अभिवृद्धि गरेको छ ।

संविधानको रक्षा गरेको छ, लोकतन्त्रको रक्षा गरेको छ । र, मुलुकको राजनीतिक स्थायत्व निम्ति यसले एउटा राम्रो पाइला चालेको छ ।

केही समयपछि केपी ओली पक्षका सांसद नारदमुनि राना बैठकमा प्रवेश गरे। उनले बैठकमा सर्वोच्चको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको बताए। साथै माधव नेपाल पक्षलाई कटाक्ष गर्दै ‘केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए’ भन्दै व्यंग्य कसे।

वैशाख २७ गते प्रतिनिधि सभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान गर्न माधव नेपालसहित उनी पक्षका २८ सांसद अनुपस्थित भएका थिए।

‘जो आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा गएर सुतिरहेका थिएु, रानाले भने, ‘तिनैले अहिले संसद भनेर कराउनुको औचित्य छैन। संसद विघटन राजनीतिक निर्णय हो। त्यस निर्णयमा पुर्‍याउनेहरू दोषी हुन्।’

उनले प्रतिनिधि सभा विघटन हुनुको जिम्मा वरिष्ठ नेता नेपालले पनि लिनु पर्ने बताए।

माधव नेपाललाई कटाक्ष गरेपछि दीपकप्रकाश भट्ट बीचैमा बोले। उनले ठूलो स्वरमा ‘प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोजे।

‘के कुरा गरेको प्रतिगमनको मतियार बाहिर जानुहोस्’, भट्टले भने।

माधव नेपाल आक्रोशित हुँदै रानाप्रति कड्किए- प्रतिगमनको मतियार बन्ने, राजीनामा दिनुस्, निस्किनुस् ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी पनि विवादमा मिसिए । जनताको प्रतिनिधिहरूले बनाएको सरकारलाई अदालतले बनाएको भन्ने भन्दै उनले पनि रानाविरुद्ध आक्रोश ओकले ।

सभापति पवित्रा निरौला खरेलले भने समिति राजनीतिक विवाद गर्ने थलो नभएको भन्दै विषयबस्तुमा केन्द्रित हुन भन्दै विवाद मत्थर पार्ने कोसिस गरिन् ।

 

Nabintech