• १३ श्रावण २०७८, बुधबार
नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर किन्ने सुनील शर्माले को हुन् त ?


ताजा समाचार

नेपालगञ्ज । नेपालगन्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर विराटनगरका सुनिल शर्माले  खरिद गरेका छन् ।

मेडिकल शिक्षा व्यवसायी डा. सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिद गरेका हुन् ।

शर्मा नोबल मेडिकल कलेज विराटनगरका सञ्चालक हुन् । दुई अर्ब मूल्यांकन गरिएको नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत स्वामित्व खरिद गरेका हुन् ।

नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिदका लागि सम्झौता भइसकेको  नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेश कुमार कनोडियाले बताए । उनका अनुसार सबै प्रक्रिया भदौभित्र पूरा हुनेछ ।

विराटनगरको नोबेल मेडिकल कलेज उनको एकल स्वामित्वमा छ । उनले गत वर्ष काठमाडौं सिनामंगल काठमाडौं मेडिकल कलेज खरिदको प्रक्रिया शुरु गरेका थिए । शर्मा पिपुल डेन्टल कलेज काठमाडौंको सञ्चालक पनि हुन् ।

नेपालगन्ज मेडिकल कलेज पश्चिम नेपालको उपचार र मेडिकल अध्ययनका लागि केन्द्र मानिन्छ । करिब १४ सय कर्मचारी रहेको नेपालगन्ज मेडिकल कलेजमा भारत, बङ्गलादेश लगायतका देशबाट मेडिकल अध्ययन गर्न आउने गर्छन् ।

Nabintech