• १२ श्रावण २०८१, शनिबार
माओवादी अध्यक्ष प्रचण्डलाई एकाएक सुरक्षाकर्मी किन आवश्यक पर्यो ?

विपक्षिबाट होइन् आफ्नै बाट छ सुरक्षा थ्रेड प्रचण्डलाई



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघट्न गरेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देखि पूर्व राजा ज्ञानेन्द्रको सुरक्षा कटौती गरे ।
प्रधानमन्त्री ओलीले गएको मङ्सिरमा गृह मन्त्रालयलाई निर्देशन नै दिएर विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धि सुरक्षा निर्देशिका २०७० लाई संशोधन गरी नयाँ कार्यविधि २०७७ जारी गरेर भीआइपीको सुरक्षाकर्मी ह्वात्तै कटाए । त्यसलगत्तै विशिष्ट व्यक्तिका लागि खटिएका सुरक्षाकर्मीहरु फिर्ता बोलाइए।

सुरक्षाकर्मी त्यतिखेर फिर्ता भए जतिखेर सरकारको नेतृत्व गरिरहेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र प्रतिनिधिसभा विघटनलाई लिएर विवाद सुरु भइसकेको थियो। अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटघाटमात्र होइन, बोलचाल समेत पातलो भइसकेको थियो। त्यही अवस्थामा अध्यक्ष दाहालको सुरक्षाकर्मी फिर्ता बोलाइयो।

पूर्व प्रधानमन्त्रीका हैसियतले दाहाललाई यसअघि नेपाल प्रहरीबाट डीएसपीको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको थियो। डीएसपीको कमाण्डमा २६ जना र सशस्त्र प्रहरीको तर्फबाट ४७ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यतिखेर अध्यक्ष दाहाल र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बिच सम्बन्ध पनि राम्रै थियो।

जब प्रचण्ड अर्का अध्यक्ष ओली विरुद्ध सडकमा उत्रिए। त्यसपछि डीएसपीको कमाण्डमा रहेको सुरक्षाकर्मी हटाइयो। त्यतिमात्र होइन अन्य सुरक्षाकर्मीको सङ्ख्या पनि घटइयो। प्रहरी नायव निरीक्षक ९सई०को कमाण्डमा प्रहरी टोली खटाइयो उनको सुरक्षाका लागि। साथै १८ जनामा सुरक्षाकर्मीमा सीमित गरियो। त्यसपछि असुरक्षित महसुस गरेका प्रचण्डलाई पार्टीको निर्णयअनुसार सुरक्षार्थ पूर्व लडाकुहरू परिचालन गरियो ।

अहिले सरकारको नेतृत्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका छन्। देउवा नेतृत्वको सरकारमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र समेत सामेल छ। सरकारमा गएपछि पुनः अध्यक्ष दाहाललाई डीएसपीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ। पहिले दिँदै आएको भन्दा थप सुरक्षाकर्मी समेत पठाइएको छ। अहिले डीएसपी विनोद घिमिरेले प्रचण्डको सुरक्षा नेतृत्व सम्हालेका छन्।

विपक्षिबाट होइन् आफ्नै बाट छ सुरक्षा थ्रेड प्रचण्डलाई

सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद पुर्नस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओली नेतृत्वको नेकपा एमाले अनसन्तुष्ट छ। एमाले भातृ संगठन युवासंघ नेपाल सडक आन्दोलनमा उत्रिएको छ।

युवा संघले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको चर्को विरोध गर्दै आएको छ। त्यसो त सर्वोच्चको परमादेशपछि काठमाडौं उपत्यकाभित्र सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ भने सुरक्षाकर्मी पनि बढी परिचालन गरिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालका अनुसार अदालतको फैसलापछि सुरक्षा थ्रेट हेरेर त्यस्ता व्यक्तिको निवास, कार्यालयदेखि अन्य पक्षमा सुरक्षा निगरानी बढाएको बताए ।
नेता, प्रधान न्यायाधीशदेखि सुरक्षा थ्रेट महसुस भएका व्यक्तिको सुरक्षा र निवास वरपर प्रहरीको निगरानी बढाइएको हो।

गृह मन्त्रालयको सुरक्षा मापदण्डभन्दा धेरै सुरक्षाकर्मी अध्यक्ष दाहाललाई पठाइएको छ। पूर्व प्रधानमन्त्रीलाई सशस्त्र प्रहरीका १६ जना र २ जना नेपाल प्रहरीबाट सुरक्षा दिन मापदण्डमा उल्लखे छ। त्यस्तै, पूर्व राजाको हकमा पनि यही सङ्ख्या लागू गरिएको छ। पूर्व राष्ट्रपतिलाई भने सेना समेतले सुरक्षा दिने मापदण्ड छ।

प्रचण्डका सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ ।

 

 

Nabintech