देउवा अदालतको परमादेश नभई,जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री’


काठमाडौं । बागमती प्रदेशबाट स्वतन्त्र हैसियतमा निर्वाचित राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले  प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको दावी गरेका छन् ।

उनले अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ भन्दै प्रश्न समेत गरेका छन् ।

‘देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्’, देवकोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन् ।

जनताको अभिमतबाट निर्वाचित १४९ सांसदले शशरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटन गरेका कारण न्यायका लागि उनीहरु अदालत भएको देवकोटाको भनाइ छ ।

बालुवाटारबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भए पनि सर्वाेच्च अदालतको परमादेश शेरबहादुर देउवाको पक्षमा आएको भन्दै आपत्ति जनाएका थिए ।

‘जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो,’ उनले भने, ‘ परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’ ओलीले जनतामाथि विश्वास हिजो पनि गरेको र आज पनि विश्वास रहेको बताए ।

 

Nabintech