• १४ बैशाख २०८१, शुक्रबार
युवा नेता शाही तरुण विभागको विदेश क्षेत्र समन्वय समिती सदस्यमा मनोनित


काठमाडौं। युवा नेता सरोज बहादुर शाही नेपाली कांग्रेस तरुण विभाग अन्र्तगत विदेश क्षेत्र समन्वय समिती सदस्यमा मनोनित हुनुभएको छ ।
शनिबार विभागको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी तरुण विभागका प्रमुख शंकर भण्डारीले नेता शाहीलाई विदेश क्षेत्र समन्वय समितिमा मनोनित गर्नुभएको हो ।
कांग्रेस केन्दीय सदस्य तथा विभाग प्रमुख भण्डारीले विगत लामो समयदेखि तरुण दलमा आवद्ध भइ काम गरी रहनुभएका शहीलाई पार्टीले मुल्याकंन गरी विभागमा मनोनित गरीएको बताउनुभयो ।
नेता शाही नेवि संघ, तरुण दल हुदै अहिले पार्टीको राजनिती गरीरहनुभएको छ । नेता शाही विगत केही बर्षदेखि काठमडौंमा रही रेष्टुरेन्ड व्यवसाय गरीरहनुभएको छ ।

Nabintech