नयाँ सरकार बन्नेवित्तिकै खोप ल्याउने र बाढी पिडितलाई राहत दिने काम हुन्छ :प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार बन्ने वित्तिकै पहिलो प्राथमिकतामा जनताको जिउधन भएकाले खोप ल्याउन पहल गरीने बताउनुभयो ।
बुधबार विपक्षी गठवन्धनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले नयाँ सरकार बन्ने वित्तिकैको पहिलो एजेन्डा खोप ल्याउने बनाउनका लागि अहिल्यैदेखि मित्रराष्ट्रसंग तयारी सुरु गरिएको बताउनुभयो ।
प्रचण्डले भने, ुनयाँ सरकार बनेपछि हामी जाने भनेको त संविधान, लोकतन्त्र, राष्ट्रियता, जनजीविकाको पक्षमा नै हो । पहिलो त हाम्रो उद्देश्य जिउधनको रक्षा नै हुन्छ । विभिन्न मित्रराष्ट्रहरुसँग खोपसम्बन्धी स्थिति के छ भन्ने छलफल थालिएको छ । सरकार बन्नेबित्तिकै खोप ल्याउने र जनताको जिउधन रक्षा गर्ने कामलाई प्राथमिकता दिइन्छ ।’

‘खोपपछि बाढीपिडितको राहत र पुनस्स्थापनालाई प्राथमिकता दिइन्छ । यो बीचमा भएका भ्रष्टाचार, गलत नियुक्तीहरु अवैधानिक नियुक्तीहरु‘। यो सरकार नै वैधानिक छैन । यो सरकार त कामचलाउ पनि होइन । अवैधानिक सरकारले गरेका अवैधानिक नियुक्ती खारेज गरेर अघि बढ्छौं ।’

Nabintech