• १४ बैशाख २०८१, शुक्रबार
सर्वोच्चमा प्रतिनिधिसभा विघटन विरुद्धको बहस सुन्न र हेर्न वकिल र सञ्चारकर्मीको भिडभाड

दैनिक एक सय ५० भन्दा बढी वकिल र ५० भन्दा बढी सञ्चारकर्मी



काठमाडौं । आजभोली नेपाल बार एसोसियनको वैठक हल कानुन व्यवसायी र सञ्चारकर्मीले भरिभराउ हुन्छ । दोस्रोपटक प्रतिनिधि सभा विघट्न भएपछि त्यसविरुद्ध रिटमा कानुन व्यवसायीले गरेको बहस सुन्नेको भिड नै लाग्ने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक जेठ ७ गते मध्यरात प्रतिनिधिसभा विघट्न गरेपछि सर्वोच्च अदालतमा ३० थान मुद्धा परेका छन् । संवैधानिक इजलासमा न्यायाधीश राख्ने कि नराख्ने विषयमा अल्झिएको इजलास बुधबार मुख्य एजेन्डामा प्रवेश गरेको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दाबी मुद्दामा बहस शुरु भएको छ । बुधबार गठबन्धनका पक्षबाट बहस सुरु भएसंगै सर्वोच्चमा बहस सुन्ने, हेर्ने र रिपोटिङ गर्ने सञ्चारकर्मीको लर्को नै लाग्न थालेको छ । सर्वोच्च अदालत प्राङगण, नेपाल बार एशोसियनको वैठक हलमा पत्रकाकाका लागि बहस सुन्न र हेर्न छुट्टै टेलिभिजनको व्यवस्था गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक पनि संसद विघटन गरेपछि के होला, कसो होला भनेर सवैको ध्यान जानु स्वभाविक भएको अधिवक्ता सन्तोष भण्डारी बताउनुहुन्छ ।

आम नागरिकलाई पनि प्रतिनिधिसभा विघट्नको मुदामा चासो भएकाले बहस सुन्न आउनु राम्रो भएको कानुन व्यवसायीको भनाइ छ । सर्वोच्चमा भएको यो राष्ट्रिय तथा अन्तराष्ट्रिय चासोको विषय भएकोले पनि बहस सुन्नका लागि चासो राख्नु सकारात्मक पक्ष भएको बताउनुहुन्छ अर्का अधिवक्ता विराज थापाले बताउनुभयो ।
दैनिक एक सय ५० भन्दा बढी कानुन व्यवसायी र ५० भन्दा बढी सञ्चारकर्मी प्रत्यक्ष रुपमा बहस सुन्न र हेर्नका लागि सर्वोच्च पुग्ने गरेका छन् । तर, कोरोना महारीका बेला अदालतमा स्वास्थ्य मापदण्ड पालना गरेको देखिदैन ।

Nabintech