• १६ चैत्र २०८०, शुक्रबार
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

जेष्ठ नागरिकको वृद्धभत्ता ४ हजार पुग्यो



काठमाडौं । आगामी आर्थिक वर्ष २०७८र७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ ।

जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२।७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको छ ।

त्यस्तै वित्तीय हस्तातरणतर्फ ३ खर्ब ८६ अर्ब अर्थात २३.५ प्रतिशत रहेको छ । उक्त स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

जेष्ठ नागरिकको वृद्धभत्ता ४ हजार पुग्यो :

सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो।

आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेल८ले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत आगामी आर्थिक बर्षका लागि १ खर्ब रुपैया विनियोजन गरिएको पनि उनले बताए । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पनि सहभागी गराइने भएको छ । समाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १४ अर्ब रुपैया विनियोजन गरिएको छ ।

सरकारी कर्मचारीको मासिक तलब २ हजार बढ्यो:

सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ ।

कोरोना(-१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८र७९ को बजेटमा हाल दिइएको महंगी भत्तालाई कायमै राखिएको छ ।

यसअघि आर्थिक वर्ष २०७६र७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो । सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो । समयानुकुल तलव भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दवाव दिइरहेका थिए ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिइने भएको छ । आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर अधिकतम ५ प्रतिशत हुने बताए । ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइने पौडेलको भनाइ छ ।

 

Nabintech