• ७ आश्विन २०७८, बिहीबार
राजनीतिमा असफल खेलाडी उपेन्द्र यादव !


नेपालमा सत्ता समिकरण भएसँगैं राजनीतिकमा आत्मलोचना, विश्लेषण र तुलना राजनीतिक दल र नेताहरुले गर्न थालेको छन् ।

बाँकी दल र नेता आ–आफ्नो स्थान आफ्नो तरिकाले सफल–असफल भएको होला तर यो खेलमा सबैभन्दा आत्मआलोचना, विश्लेषण र तुलना मधेस केन्द्रित दललाई गर्नुपर्ने देखिन्छ । सत्ताको वरिपरि घुमिरहने मधेसवादी दललाई यो खेलले पुनः विभाजितको संघारमा पु¥याएको छ । र यो अवस्थाको मूख्य जिम्मेवार सामूहिकता भन्दा पनि व्यक्तिवादी हाबीलाई ठम्याइएको छ ।
कुनै बेला राष्ट्रिय राजनीतिमा निर्णयक र चतुर खेलाडी मानिने उपेन्द्र यादव । अपरिपक्क राजनीति, दभ्भ र हेलाका, ‘ओेन म्यान आर्मी’ र विदेशिको गोटी बनेकै कारण नै उपेन्द्र यादव असफल हुदैँ गएको विभिन्न कोणबाट विश्लेषण हुन् थालेको छ ।

२०६२–०६३ को आन्दोलनले मुलुककै राजनीतिमा आमूल परिर्वतन ल्यायो । परिवर्तन सँगै राष्ट्रिय राजनीतिकको चर्चामा आउने व्यक्ति हुन् उपेन्द्र यादव । कारण थियो, स्वाभिमानसहित माग राखेर आन्दोलनको आगो दन्काइयो । राजनीतिक परिर्वतनमा मधेस र मधेस केन्द्रित दलको महत्वपूर्ण भूमिका तर हिस्सामा असमानता थियो नै । अन्तरिम संविधान जारी गर्दा संघीयता अस्वीकार गर्दै असन्तोषको मसाल बालेर मधेस तातिइरह्यो । अन्तरिम संविधानमा विमतिको घण्टी बजाउँदै शुरु विद्रोह केन्द्रीय राजनीतिमा कहिले अस्थिर त कहिले तरल बनाउने सूत्र पनि बन्यो ।

२०६३ को माघपछिको मधेस विद्रोह यता आन्दोलन लगातार नवीकरण भइरह्यो । सरकारले पनि मधेसलाई सम्बोधन ‘नवीकरण’मा कन्ज्युस्याइँ गरेन । सरकार र संसदबाट अनेक आस्वासनका सहमतिको पोका फालिए । दुईपटक संविधान संशोधनसमेत भयो । तर, मधेसमा नसकिएको ‘आधारभूत विभेद अन्त्य’ र ‘सम्मानजनक साझेदारी’ नभएको भन्दै चित्त दुखाइ रह्यो । मधेस र मधेसीको मुद्दा सम्बोधनका लागि शर्त थियो फेरि एकपटक संविधान संशोधन ।

२०६२–२०६३ को आन्दोलन र माघे मधेस विद्रोहमा अहम् भूमिका खेलेको संघीय समाजवादी फोरम नेपाल (तत्कालीन मधेसी जनअधिकार फोरम ) पहिलो संविधानसभाको निर्वाचनमार्फत तेश्रो शक्ति बन्यो । तर पार्टी नेतृत्व उपेन्द्र यादवले शक्तिको वैभव थाम्न सकेनन् । फोरम फुटपरस्त नीतिको शिकार भयो र दोश्रो संविधानसभा निर्वाचनमा आइपुग्दा सर्लक्क परेको काँक्रोजस्तो मधेसी जनअधिकार फोरम कुल ७ चिरामा धुजामुजा भयो । पहिलो संविधानसभामा ५१ सिट जितेको पार्टी दोश्रो संविधानसभामा झिनो हैसियतमा संसदको एक छेउमा उपस्थित देखियो । र यो सबैको एउटै कारण थियो उपेन्द्र यादवको अपरिपक्क राजनीति, दभ्भ र हेलाका, ‘ओेन म्यान अर्मी’ र विदेशिको गोटी ।

वर्तमान परिवेशमा पनि उपेन्द्र यादवले आफ्नो घमण्डी राजनीतिकबाट बाहिरन सकेको छैन् । फलस्वरुप कुनै बेला यादवको पिलरको मानिने उमा शंकर अगररिया र विमल श्रीवास्तव जस्ता मधेसका योद्वा उनको साथमा छैनन् ।

उपेन्द्र यादवको एकलौटी व्यवहारकै कारण अहिले कुनै समय निर्णनायक मानिने् यादव राजनीतिमा असफल खेलाडीका रुपमा विश्लेषण मानिन् थालेको छ ।
शक्तिसञ्चय हुनासाथ सत्ता लालचमा फसेकै कारण नै फुट्ने उपेन्द्र दलको नियति बनेको छ । २०६३ को माघे मधेस विद्रोहपछि मधेसमा पटकपटकका आन्दोलनमा सयौँ मधेसीको बलिदान भयो । तर मधेसकेन्द्रित दलहरु शक्ति सञ्चयपछि फुटको शिकार बने वा सत्ताभोगमा लिप्त भएर अधिकार प्राप्तिको आन्दोलन बिर्सिए ।

परिणामतः मधेसी जनतामा घोर निराशा बढेको थियो । बलियो मुद्दा, एजेण्डा बोके पनि मधेसवादी दल सत्तालिप्साको चास्नीमा चुर्लुम्म डुब्दा देवदूत ठानेकाहरुको व्यवहारबाट मधेसी नागरिक दिक्क भएका थिए । अन्तिम समय मधेसी माग मुद्वा सम्बोधनका समयले उपेन्द्र यादवको सत्तालिप्साको चास्नीका कारण अफठ्यारो पर्ने देखिन्थ्यो तर महन्थ ठाकुरको स्पस्ट अडान र नियतका कारण लामो समय विद्रोहमा फसेको मधेस आशावादी देखिन्छ ।

Nabintech