राष्ट्र बैंकले ८ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल वैशाख १४ गते परिपक्क हुनेछ ।

यसैगरी, बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार १५ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज १२ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज (चैत्र १६ गते, सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर भोली (चैत्र १७ गते, मंगलबार) बिक्री हुनेछ ।

ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छः

Nabintech