इंग्ल्याण्डले टस जितेर भारतलाई दियो ब्याटिङको निम्तो


काठमाडौं । भारतसँगको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम तथा निर्णायक खेलमा पनि पाहुना टोली इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको म्याच १ः४५ बजेदेखि पुणेमा सुरू हुँदैछ ।

इंग्ल्याण्डले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले टम करनको स्थानमा मार्क उडलाई मौका दिएको छ ।

भारतले पनि आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले कुलदीप यादवलाई विश्राम दिँदै टी नटराजनलाई अवसर दिएको छ ।

तीन खेलको सिरिजमा दुवै टिमले एकरएक म्याच जितेका छन् । आजको खेल जित्ने टिम सिरिज नै आफ्नो पक्षमा पार्नेछ ।

पहिलो खेलमा ६६ रनले पराजित हुँदा दोस्रो म्याचमा भने इंग्ल्याण्ड ६ विकेटले विजयी भयो ।

 

Nabintech