• १६ चैत्र २०८०, शुक्रबार
मेलम्चीको पानी उपभोक्ताको घर–घरमा !


काठमाडौं । मेलम्चीको पानी आजदेखि राजधानीका केही उपभोक्ताहरुको घर(घरमा पुग्ने भएको छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइन लागिएको आयोजनाले जनाएको छ ।

“सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौँ पठाइन्छ, त्यसमध्ये काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्छ भने केही पानीबाट नयाँ पाइपलाइन परीक्षण र सफाइ हुनेछ ।” मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने ।

यस्तै उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न करिब एक हप्ता लाग्ने बताइएको छ । पानी हालेर पाइपको परीक्षण मात्र गर्ने भएकाले पाइपको पानी र पिउन नमिल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ। परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पिउन मिल्ने बताइएको छ ।

गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै फागुन २२ गते १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

Nabintech